ghar sansar

भ्रष्टाचार विरुद्ध जुध्न दोधारा चाँदनी पुग्यो बास नेपाल, बडुवालको नेतृत्वमा समिति चयन

little buddha academy
khasi

दोधारा । बागेश्वरी असल शासन क्लव (बास) दोधारा चाँदनीको नगर संयोजकमा दुर्गा बडुवाल चयन भएकी छन्् । नगरपालिका कार्यालयमा भएको भोलबाट बडुवालको अध्यक्षतामा नगर समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा बर्खा साउद, सचिवमा राजु भट्ट, सह–सचिवमा भरत कठायत, कोषाध्यक्षमा आकृति कसेरा गरी १५ सदस्यीय बागेश्वरी असल शासन (बास) दोधारा चाँदनीको नगर कार्य समिति गठन गरिएको बर्खा साउदले जानकारी दिएका छन् ।

,orning glory badhai
dirghayi clinic

१५ जना बाट २५ जना पदाधिकारीको कार्यसमिति निमार्ण गरेर समितिलाई पूर्णता दिने बताईएको छ । बास नेपालले समाजमा भएका विभिन्न विकृति तथा विसंगतिका विरुद्ध लड्दै आएको छ ।

बसका देशभरि शाखा तथा समिति विस्तार गरिएका छन् । भ्रष्टाचार विरुद्धको विश्वव्यापी संस्था ट्रान्सप्यारेन्सी इन्टरनेशल नेपाल संग आवद्ध संस्था हो । यो संस्थाले भ्रष्टाचार संगै महिला तथा बालबालिकाका हकहितका बिषयमा समेत आवाज उठाउँदै आइरहेको छ ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश मिश्र, बागेश्वरी असल शासन क्लव (बास) का केन्द्रिय सदस्य मनमोहन बर्मा, प्रदेशका प्रदेश संयोजक सुमन पनेरु, जिभिजी परियोजना अधिकृत शर्मिला थापा लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...