ghar sansar

भारतबाट पनि भित्रिन थाले दोधारा चाँदनीमा छाडा चौपाया

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा सिमापारीबाट भित्रिने छाडा पशु चौपायाको कारण व्यवस्थापनमा थप चुनौती थपिएको छ । दोधारा चाँदनी नगरपालिकासंग जोडिएको भारतीय जंगलबाट भित्रिने छाडा पशु चौपायाको कारण नगरपालिकालाई छाडा पशुचौपाया ब्यवस्थापन तथा नियन्त्रणमा थप चुनौती थपिएको हो ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोज स्थित रहेको दिपज्योती मध्यवर्ती सामुदायिक बनमा नगरपालिका कार्यालयले निमार्ण गरेको का“ञ्जी खोर दोधारा चा“दनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको अनुगमनको क्रममा स्थानियले भारतीय क्षेत्रबाट भित्रिने छाडा पशु चौपायाको कारण हैरानी खेप्नु परेको बताए । कञ्चनभोज संग जोडिएको भारतको नगरा, झेप्पुझाला लगाएत क्षेत्रबाट रातीको समयमा भित्रिने छाडा पशुचौपायाको कारण किसानहरुले सास्ती खेप्दै आएको स्थानीय बताउँछन् ।

,orning glory badhai
dirghayi clinic

रातीको समयमा ठुला जुरा भएको चौपाया सीमा पार गर्दै बस्तीमा भित्रिने गरेको स्थानियहरुको भनाई रहेको छ । ‘रातीको समयमा ठूला–ठूला गाई, गोरु भारतीय जंगलबाट बस्तीमा पस्ने गर्छन्, धपाउन गए उल्टै खेद्न आउछ’ स्थानियहरु भन्छन् ।

कञ्चनभोज क्षेत्रलाई लक्षित गरि दोधारा चाँदनी नगरपालिका कार्यालयले दिपज्योती मध्यवर्ती सामुदायिक बनमा काँञ्जी खोर निमार्ण गरी स्थानिय ४ जना हेरालु राखेको छ ।

मेयर लिम्बुले स्थानीयसंग भेट गरी भारतबाट आउने छाडा पशु चौपाया रोक्न के गर्न सकिन्छ भन्ने बिषयमा छलफल समेत गरेका छन् । स्थानीयले दूध दिन छाडेपछि छाडिदिने र भारतबाट भित्रिने पशुचौपायाले सताउन थालेको मेयर लिम्बुलाई जानकारी गराएका छन् ।

दिपज्योती मध्यवर्ती सामुदायिक बनको काँञ्जी खोरमा अहिले झण्डै एक सय भन्दा बढी छाडा पशु चौपाया रहेका छन् । नगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण तथा ब्यवस्थापनको लागी नगर क्षेत्रमा रहेका सामुदायिक बनहरुमा ६ स्थानमा काँञ्जी खोर निमार्ण गरी २९ जना हेरालु राखेको छ ।

Himal dental
सम्बन्धित
Loading...