ghar sansar

एमाले नेता भट्टले बाटो बिराएका भनेपछि आफैं पनि परे निशानामा, भने– मैले होइन, प्रचण्डले बाटो बिराएको हो

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा(एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले बुधबार बाटो बिराएकालाई पार्टीमा उचित जिम्मेवारी दिने धारणा राखेपछि उनी पत्रकार सम्मेलनमा निशानामा परेका छन् । एमाले पार्टी कार्यालयमा बुधबार हुने जन सभाको तयारी सम्बन्धी जानकारी दिन गरिएको पत्रकार सम्मेलन भट्टले एमाले फर्किन लागेका नेता कार्यकर्तालाई संकेत गर्दै बाटो बिराएर गएका फर्किन थालेको उल्लेख गर्दै जिम्मेवारी दिने बताएका थिए ।

पत्रकार सम्मेलनमा भट्टले धारणा राखेपछि सहभागी पत्रकारले भट्टलाई नै बाटो बिराएर एमाले आएको भनेर प्रश्न सोधेका छन् । उनलाई पत्रकारहरुले अवसरका लागि एमाले आएको हो की होइन भनेर समेत प्रश्न गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद विघटनलाई समर्थन गरी भट्ट माओवादी केन्द्र छाडेर एमाले आएका थिए । उनी एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सचिव भएपछि सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाइएका छन् ।

,orning glory badhai

पत्रकारहरुले आफूलाई नै बाटो बिराएको भनेपछि उनले आफूले नभएर प्रचण्डले नै बाटो बिराएको जवाफ दिएका छन् । उनले प्रचण्डले नेकपा फुटाएर बाटो बिराएको र आफू त्यसको निरन्तरताका लागि एमालेमा बसेको बताए ।

dirghayi clinic

‘पार्टी एकीकरणपछिको निरन्तरता हो, अवसरवादीले पद पैसा सबै हेर्छ’ उनले भने,‘केही हेरेन, कम्युनिष्ट आन्दोलन धु्रवीकरण गर्न एमालेमा छौ ।’

पत्रकार सम्मेलनमा उनले पार्टी एकता नचाहने अवसरवादीले आफूमाथि प्रहार गर्दै आएको दुखेसो पोखे । माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूलाई एकता जोगाउन लाग्दा दलालको आरोप लगाएको उनले बताए ।

तत्कालिन नेकपाका अध्यक्ष ओलीले संसद विघटन गरेपछि धनगढी आएका प्रचण्डले ओलीलाई दलाल र भट्टलाई ओलीको महादलाल भनेका थिए । उनी माओवादीको सशस्त्र जनयुद्धमा दाहालका विश्वासपात्र थिए ।

एमाले नेता भट्टले प्रचण्डले दुई वर्ष अघि धनगढीमा भनेको त्यहीं आरोपलाई पत्रकार सम्मेलनमा उठाएका छन् । उनले प्रचण्डले धनगढी मञ्चमा अर्मादित भाषण गरेको पनि आरोप लगाए । प्रचण्डले भाषणमा केपी ओलीका सन्तान नहुन आफ्नो केही दोष नरहेको पनि उल्लेख गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...