ghar sansar

एमाले केन्द्रीय सचिव भट्ट भन्छन्– समृद्ध नेपाल, सुखी, नेपाली नारा मात्रै होइन विचार र दर्शन पनि हो

khasi

महेन्द्रनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले समृद्ध नेपाल, सुखी नेपालीको नारा विचार र दर्शन पनि भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमको तयारी सम्बन्धी जानकारी दिन मंगलबार पार्टी कार्यालय मदन आश्रित सदनमा गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

एमालेले अघि सारेको समृद्ध नेपाल, सुखि नेपाली नारा मात्रै होईन्, विचार र दर्शन पनि हो’ पत्रकार सम्मेलनमा उनले भने, ‘यस अभियानलाई असफल बनाउन प्रहार भईरहेको छ, देशी–विदेशी शक्तिहरुको नपचेको मैँले अनुभुति गरेको छु ।’

dirghayi clinic

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसित गठबन्धन भएपछि चुनावी घोषणा पत्रमा समृद्ध नेपाल सुखी नेपालीको नारा समावेश गरिएको थियो ।

निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएर तीन वर्ष सरकार चलाएपछि अध्यक्ष ओली संसद विघटन गरी बाहिरिएका थिए । तत्कालिन नेकपाका दुई तिहाईको सरकारले यहीं नारालाई टेकेर तीन वर्षमा नीति, कार्यक्रम र बजेट ल्याएको दावी गर्दै आएको थियो ।

अध्यक्ष ओलीले संसद विघटन गरिएपछि दुई समूह भएपछि प्रचण्ड माधव नेपाल समूहले अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

एमाले सचिव भट्टले सत्तारुढ गठबन्धन सरकार एमाले विरुद्ध भ्रम फैलाउन लागेको उल्लेख गर्दै देशको समृद्धि र विकासका लागि स्पष्ट नीति सहित अघि बढेको दावी गरे ।

‘अदालतले बनाई दिएको परमादेशी सरकार जनादेशबाट फालिन्छ्, निर्वाचनपछि बहुमत सहितको एमालेको सरकार बन्छ’ उनले भने, ‘अहिलेको एमाले नेकपाको निरन्तरता हो ।’

Himal dental
सम्बन्धित
Loading...