ghar sansar

हल्दुखालकी सुत्केरी महिलालाई घरसम्म पुगाएर भीमदत्तमा थालियो गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा, उप मेयर भन्छिन्– अकालमै महिलाले ज्यान गुमाउन पर्दैन

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पतालमा सुत्केरी भएकी एक महिलालाई एम्बुलेन्समा घरसम्म पुगाएको छ । भीमदत्त नगरपालिका ७ ती महिला र नवजात शिशुलाई नगरपालिकाले घरसम्म पुगाएको हो ।

भीमदत्त नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय पारित गरिएको थियो । भीमदत्तका मेयर पदम बोगटीले चुनावी प्रचारमा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने वाचा गरेका थिए ।

,orning glory badhai

मेयर बोगटीको चुनावी वाचा अनुसार नगर सभाबाट पारित गरिएको नीत तथा कार्यक्रम अनुसार हल्दुखालकी ती महिलालाई घरसम्म पुगाएर सेवा सुरु गरिएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले नगरपालिकाको नीति तथा कार्यक्रम बजेट अनुसार निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको बताए ।

dirghayi clinic

‘यो नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको थियो, त्यस अनुसार स्वास्थ्य संस्थामा ल्याउन र लैजाने गरी सेवा दिएका हौ’ उनले भने,‘पायक पर्ने बर्थिङ्ग सेन्टर, महाकाली अस्पतालमा सिधै आउनेलाई सेवा दिन्छौ ।’

भीमदत्त नगरपालिकाभित्र स्थायी वसोबास भएका महिलाले नगर क्षेत्रभिका स्वास्थ्य संस्थासम्म पुगाउन र घरसम्म लैजान एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।

भीमदत्त नगरपालिकाको एम्बुलेन्स बाहेक नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, जिमुवा स्वास्थ्य चौकी र महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स भाडामा लिने सम्झौता गरिएको छ ।

भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले एम्बुलेन्स नपाएर ज्यान गुमाउने अवस्था नआओस भनेर निःशुल्क रुपमा सेवा दिइएको बताइन् ।

‘एम्बुलेन्स अभावका कारण कुनैपनि महिला तथा शिशुले ज्यान गुमाउन नपरोस भनेर सेवा सुरु गरिएको छ’ उनले भनिन्, ‘यो हाम्रो चुनावी प्रतिवद्धता पनि हो, जनतासंग गरेका सबै प्रतिवद्धता यसरी नै पूरा गर्दै जान्छौ ।’

Himal dental
सम्बन्धित
Loading...