ghar sansar

भीमदत्तका मेयर बोगटीका प्रतिस्पर्धी पन्त भन्छन्– सय दिनमा राम्रो संकेत देखिएन, गलत कुराको अब भण्डाफोर गर्छौ

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीका प्रतिस्पर्धी नेकपा एमालेका युवा नेता महेश पन्तले हनिमुन पिरियडमा राम्रो संकेत नदेखिएको बताएका छन् ।

मेयर बोगटीले एक सय दिनमा गरिएका काम सार्वजनिक गरेपछि उनले नगरपालिकाको विकासका लागि ठोस योजना समेत ल्याउन नसकेर पाँच वर्षे कार्यकालको सुखद सुरुवात नभएको बताएका हुन् ।

,orning glory badhai
dirghayi clinic

‘यो हनिमुन पिरियड हो, सय दिनमा विपक्षीले पनि हेरेर बस्यो, तर राम्रो संकेत देखिएन’ उनले भने,‘नगर विकासका लागि राम्रो योजनासम्म आएको छैन, योजना नआएपछि केही गर्ने कुरा त भएन, सारमा यो हनिमुन पिरियडमा केही पनि राम्रो संकेत देखिएन ।’

नेता पन्तले सय दिनमा मेयर बोगटीले ग्राभेलिङ्ग हाल्ने कार्यमा अनैतिकता देखाएको आरोप लगाए । ‘समस्यालाई भन्दा आफ्ना मान्छे हेरे ग्राभेल हाल्ने कार्य गरिएको छ, यो अनैतिक रुपमा भई रहेको छ’ उनले भने, ‘अरु त ठोस योजना केही आएन ।’

स्थानीय तह निर्वाचन र त्यस अघि प्रतिपक्षमा हुँदा काँग्रेसले सबैभन्दा बढी चर्काएको छाडा चौपाया व्यवस्थापनलाई नै वास्ता नगरेको उनले बताए । ‘यसमा ठूला गफ दिए, अहिले बजार, गाउँ वस्ती सबैतिर छाडा पशु चौपाया छन्’ उनले भने,‘त्यसैलाई पनि अघि बढाउन सकेन ।’

प्रतिपक्षीले सय दिनका कामलाई निगरानीमा राखेको उल्लेख गर्दै अब हरेक गलत कुराको भण्डाफोर गरिने उनले
बताए । ‘अब हरेक गलत कुराको भण्डाफोर गरी अघि बढ्छौ’ उनले भने । स्थानीय तह निर्वाचनमा उनी मेयर बोगटीसित पराजित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...