ghar sansar

१४ औं हलिया मुक्ति दिवसमा अन्तिसम्म कुरिएका प्रमुख अतिथि अर्थमन्त्री नै आएनन, समापन अघि विशिष्ठ अतिथिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम उद्घाटन

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल नआएपछि १४ औं मुक्त हलिया दिवस कार्यक्रम समापन अघि उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिकाको सभा कक्षमा गरिएको कार्यक्रममा प्रमुख अतिथि बनाइएका मन्त्री रावल अन्तिमसम्म आउने आशमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले मन्तव्य राखेपछि उनलाई प्रमुख अतिथि बनाएर कार्यक्रम उद्घाटन गरिएको हो ।

कार्यक्रमका सभापति हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि बिकले मन्त्री रावल कार्यव्यस्तका कारण आउन नसक्ने जानकारी गराउँदै विशिष्ठ अतिथि बोहरालाई प्रमुख अतिथिको आशन ग्रहण गराएर कार्यक्रम उद्घाटनका लागि आग्रह गरेका थिए ।

अध्यक्ष बिकको आग्रहपछि समन्वय समिति प्रमुख बोहराले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका थिए । बोहराले विशिष्ठ अतिथिका रुपमा त्यस अघि नै आफ्नो मन्तव्य दिई सकेका थिए ।

समन्वय समिति प्रमुख बोहराले ब्यानर पढेर उद्घाटन गरेपछि अध्यक्ष लुहारले कार्यक्रम समापन भएको घोषणा गरेका थिए । हलिया मुक्ति समाजका अध्यक्ष बिकले मन्त्री रावलले कार्य व्यस्तताका कारण आउन नसकेको बताएपछि हेरफेर गरिएको बताए ।

dirghayi clinic

‘मन्त्रीज्यू कार्यक्रममा आउने कुरा थियो, अन्तिमसम्म आउने आशमा थियौ’ उनले भने,‘पछि कार्य व्यस्तताका कारण आउन नसक्ने जानकारी आयो, त्यसपछि विशिष्ठि अतिथिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम उद्घाटन गरियो ।’

कार्यक्रमका प्रमुख अतिथि बोहराले सबै अशिक्षाका कारण पछाडि परेको उल्लेख गर्दै शिक्षा आर्जनलाई ध्यान दिनु पर्नेमा जोड दिए । ‘आज जे जति समस्या छन्, ती सबैको जड अशिक्षा नै हो’ उनले भने,‘छोरा छोरीलाई शिक्षा प्राप्तिमा विशेष ध्यान दिनु पर्छ ।’

कार्यक्रममा कृष्णपुर नगरपालिकाका उप मेयर द्रोपती राना, शुक्लाफाँटा नगरपालिकाका उप मेयर कल्पना पन्त, अधिकारकर्मी राजुराम सार्की, हलिया मुक्ति समाजका केन्द्रीय सदस्य सन्जु नेपाली लगायतले मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष बिकको अध्यक्षतामा गरिएको कार्यक्रम सञ्चालन अन्तराम वडले गरेका थिए । कार्यक्रम अघि खुला मञ्चबाट ¥याली सुरु गरी बजारमा परिक्रमा गरिएको छ ।

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । मुक्त हलियाले मुक्ति घोषणाको दिनलाई बर्सेनी मुक्ति दिवसका रुपमा मनाउँदै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...