ghar sansar

उम्मेदवार सिफारिशपछि माओवादी केन्द्रमा देखिन थाल्यो असन्तुष्टि, नेता ऐरी भन्छन्– विधि, विधान सबैमा धोती लगाइए

khasi

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेताले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गरिएको उम्मेदवार सिफारिशप्रति असन्तुष्टि पोख्न थालेका छन् । माओवादी केन्द्रले बिहीबार जिल्ला कमिटीबाट आकाँक्षी उम्मेदवारका नामावली प्रदेश कमिटीमा सिफारिश गरेको थियो ।

जिल्ला कमिटीबाट प्रदेशमा सिफारिश उम्मेदवारीलाई असन्तुष्ट नेताले लाजको विषय समेत भनेर कटाक्ष गरेका छन् । उनीहरुले माओवादी केन्द्रको जिल्ला नेतृत्वमाथि समेत प्रश्न उठाएका छन् ।

माओवादी केन्द्रका लोकेन्द्र सिह ऐरीले विधि र विधान मिचेर उम्मेदवार सिफारिश गरिएको भन्दै आफूलाई लाज लागेको फेसबुकबाट सार्वजनिक गरेका छन् । नेता ऐरीले संघबाट उम्मेदवारी सिफारिश नगरिएकोमा समेत असन्तुष्टि पोखेका छन् ।

dirghayi clinic

‘मलाई भने शरम लागेको छ, सबै विधि, विधान, नीति सबैलाई धोती बनाएको छ, साथै उम्मेदवार समेत पाएन, हेक्का रहोस, मूल सफा नभए धारा कसरी सफा होलान’ उनले भनेका छन्,‘लाजको कुरा संघमा उम्मेदवार छैन्, कस्तो नेतत्व पाए कञ्चनपुरले कसैलाई चेतना भया ।’

माओवादी नेता ऐरी स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयरमा आकाँक्षी थिए । २०७४ को निर्वाचनमा पराजित उनले उम्मेदवारी दर्ता समेत गराएका थिए ।

उनको उम्मेदवारी फिर्ता गरी माओवादी केन्द्रले नवराज ऐरीलाई उम्मेदवार बनाएको थियो । ऐरी पराजित भएका थिए । उनलाई कञ्चनपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएको छ ।

असन्तुष्ट नेता ऐर कञ्चनपुर क्षेत्र नं. २ ख बाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिश गरिएका छन् । कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी सिफारिश गरिएका छैनन् ।

Himal dental
सम्बन्धित
Loading...