ghar sansar

किसानलाई वर्गीकरण सहितको परिचय पत्र वितरण सुरु

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरणको कार्य सुरु गरिएको छ। नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त सहकार्यमा किसानलाई वर्गीकरणसहितको परिचय पत्र वितरणको कार्य सुरु गरिएको हो ।

किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरणको कार्य सुरु गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए । उनका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौला किसान र ठूला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराउने कार्य भैरहेको छ ।

,orning glory badhai

तीन कट्ठासम्म जग्गा भएका, कृषिबाट एक लाख भन्दा कम बार्षिक आय भएकालाई भूमिहीन, सीमान्तकृत, किसान मजदुरका रुपमा राखिएको छ। त्यस्ता किसानलाई १०० प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ।

dirghayi clinic

चार कठ्ठादेखि १५ कठ्ठासम्म जग्गा भएका, कृषि कार्यबाट एक लाखदेखि पाँच लाख रुपैँयासम्म बार्षिक आय हुने किसानलाई साना किसानका रुपमा राखिएको छ । साना किसानलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराइने छ ।

१५ कठ्ठा देखि तीन विघा जग्गा भएका, कृषिबाट पाँच लाख देखि १५ लाख बार्षिक आय भएका किसानलाई मझौला किसानका रुपमा राखिएको छ । मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

तीन विघा भन्दा बढी जग्गा भएका कृषि कार्यबाट १५ लाख देखि ५० लाखसम्म आय भएका किसानलाई ठूला किसानका रुपमा राखेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।

यस्ता किसानलाई २५ प्रतिशत अनुदान उपलब्ध गराइने छ। जग्गा भाडामा दिने, स्वयं खेती नगर्ने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सूचीकृत नगरिएको कार्यालय प्रमुख धामीले बताए ।

Himal dental
सम्बन्धित
Loading...