ghar sansar

बेलडाँडीमा केही मिडियालाई समाचार लेखाउन बर्सेनी बाँडिदैं आएको १२ लाख बढी रकम रोकियो, यस वर्षदेखि सूचना छपाईको बिल अनुसार भुक्तानी दिइने

little buddha academy
khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाले यस वर्षदेखि केही मिडियालाई कार्यपालिकाबाट निर्णय गरी दिदैं आएको रकममा रोक लगाएको छ । गाउँपालिकाले यस वर्षदेखि ती मिडियाबाट प्रस्तावना माग गरी वार्षिक तीन लाखसम्म दिदैं आएको रकम नदिने निर्णय गरेको हो । गाउँपालिकाले यस वर्षदेखि मिडियामा प्रकाशित सूचनाका आधारमा भुक्तानी दिने भएको हो ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापाको कार्यकालमा केही मिडियालाई कार्यपालिकाबाट निर्णय गरी वर्सेनी दुई देखि तीन लाखसम्म रकम दिने गरिएको थियो । यस आधारमा गाउँपालिकाका केही मिडियाले विना कारण बर्सेनी १२ लाखसम्म रकम लिदैं आएका थिए ।

,orning glory badhai

बेलडाँडीका अध्यक्ष हरिशचन्द्र रानाले कार्यभार सम्हालेपछि गाउँपालिकाभित्र हुने बेथिति नियन्त्रण गर्ने प्रतिवद्धता गरेका थिए । त्यस अुनसार अध्यक्ष रानाले केही मिडियालाई विना कारण दिदैं आएको बजेट रोकेका हुन् । उनले यस वर्ष ती मिडियाबाट प्रस्तावना लिएर कार्यपालिकाबाट रकम दिने निर्णय गर्न अस्वीकार गरेका छन् ।

‘विगतदलेखि जसरी केही मिडियालाई दुईदेखि तीन लाखसम्म दिँदै आएको रकम यस वर्ष नदिने कुरा भएको छ, यो विगतमा पनि दिन मिल्दैन्थ्यो, तर अध्यक्षज्यू दबावमा आएर त्यसरी दिने गर्नु भएको थियो’ गाउँपालिकाका एक अधिकारीले भने,‘यस वर्षदेखि अध्यक्षज्यूले यो हुँदैन भन्नु भयो, सूचना प्रकाशन गरिएका आधारमा भुक्तानी गर्ने कुरा भाको छ ।’

dirghayi clinic

गाउँपालिकाले अघिल्लो वर्ष दुई मिडियालाई तीन÷तीन लाख र अन्य तीनलाई दुई÷दुई लाखको दरले रकम दिएको थियो । ती मिडियाले थापा अध्यक्ष भएको दोस्रो वर्षदेखि रकम लिन थालेका थिए ।

विकल्प दैनिकमा गत वर्ष बेलडाँडीमा मिडियाको नाममा ब्रह्मलुट मच्चिएको समाचार प्रकाशित गरिएको थियो । त्यसपछि स्थानीयले मिडियाले अवैध रुपमा रकम दिने गरेकोबारे थाहा पाएका थिए ।

गाउँपालिकाका तत्कालिन प्रवक्ता अमर सिह खत्रीले गाउँपालिकाका समाचार लेख्न मिडियालाई रकम दिने गरिएको बताएका थिए ।

समाचार सार्वजनिक भएपछि अहिलेका अध्यक्ष रानालाई मिडियाका नाममा हुने अवैध भुक्तानी रोक्न दबाव बढेको थियो । राना गाउँपालिकामा कार्यभार सम्हालेपछि सुरुदेखि आर्थिक बेथिति नियन्त्रणमा लागेका थिए ।

यसबारे अध्यक्ष रानासित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । बेलडाँडी गाउँपालिकाका अध्यक्ष राना शिक्षण पेशा छाडेर राजनीतिमा आएका हुन् । काँग्रेस कञ्चनपुरका उप सभापति उनी पार्टीभित्र बौद्धिक छविका नेताका रुपमा परिचित छन् ।

Himal dental
सम्बन्धित
Loading...