

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिश नेकपा एमालेका केन्द्रीय सदस्य कृपाराम रानाले बुद्धिजीविहरुले समसामयिक राजनीतिक अवस्थालाई जनतासम्म पुगाउनु पर्ने आवश्यकता आएको बताएका छन् ।

नेपाल बुद्धिजीवि परिषद् शुक्लाफाँटा नगर कमिटीको नगर स्तरीय भेलामा नेता रानाले देशको समसामयिक राजनीतिक अवस्थाका लागि बोल्नु पर्ने बाध्यता आएको उल्लेख गरे ।

‘अहिले देशमा जसरी राजनीतिक घट्नाक्रम भएका छन्, समसामयिक राजनीति अघि अघि बढेको छ, यसले देशलाई नराम्रो बाटोमा लगि रहेको छ, त्यसका लागि नबोली भएको छैन’ उनले भने,‘त्यस कारण बँैद्धिक जगतले यसलाई जनतासम्म पुगाएर उजागार गर्न आवश्यक छ ।’
उनले बौद्धिक जगतलाई अझ प्रभावकारी रुपमा देश र पार्टीको विकासमा लाग्न आग्रह गरे । बुद्धिजीवी परिषद पार्टीको थिङट्याक भएकाले यसले पार्टीका बौद्धिक क्रियाकलाप सक्रिय हुनु पर्ने सुझाव पनि दिएका छन् ।

