ghar sansar

कञ्चनपुर २ मा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट एन प्याब्सन अध्यक्ष जोशी चुनावी मैदानमा

little buddha academy
khasi

महेन्द्रनगर । एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झङकर राज जोशी कञ्चनपसर र्निाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य चुनाव लड्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यक्ष जोशीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिश गरेको हो ।

एन प्याब्सन जिल्ला सचिव बलदेब भट्टले अध्यक्ष जोशी प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिश भएकोमा जितको शुभ कामना सहित बधाई दिएका छन् ।

,orning glory badhai
dirghayi clinic

‘एन प्याब्सन कन्चनपुरका अध्यक्ष श्री झङ्कर राज जोशी ३रवि)लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पाटीको कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ सर्वसम्मत उमेदवार सिफारिश हुनु भएकोमा हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछु’ सचिव भट्टले आफ्नो फेसबुकमा भनेका छन् ।

स्थानीय तह निर्वाचनमा जोशी बेदकोट नगरपालिका ३ को वडा अध्यक्षमा स्वतन्त्र चुनाव लडेका थिए । त्यसपछि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका उनी आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्य लड्न लागेका हुन् ।
उनी बेदकोट नगरपालिका ३ शान्तिपुरका वासिन्दा हुन् ।

कञ्चनपुर २ मा सत्तारुढ गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य एनपी साउँद चुनाव लड्न लागेका छन् । एमालेबाट निवर्तमान साँसद नर बहादुर धामी, बचन बहादुर सिह र दिलसरा खत्री सिफारिश भएका छन् ।

काँग्रेस छाडेर इन्जिनियर जगदीश अवस्थीले चुनाव लड्ने घोषणा गरी आन्तरिक तयारी थालि सकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...