ghar sansar

दुई नगरपालिकामा स्थानीय क्षमता कार्यक्रमको तेस्रो चरण सञ्चालन

little buddha academy
khasi

महेन्द्रनगर । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले सञ्चालन गर्दै आएको शान्तिका लागि स्थानीय क्षमता कार्यक्रमको तेस्रो चरणको परिचयात्मक कार्यक्रम गरेको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

केन्द्रका अध्यक्ष सीता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा कार्यक्रम संयोजक डम्बरी विष्ट कुँबरले कार्यक्रम सम्बन्धी जानकारी दिएकी छन् ।

,orning glory badhai

मिजोरियरको सहयोगमा नागरिक आवाज काठमाडौंको साझेदारीमा केन्द्रले पहिलो चरणदेखि कार्यक्रम गर्दै आएको छ । यस वर्ष बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा तेस्रो चरणको कार्यक्रम सञ्चालन गरिएको छ । यस अघि बेदकोट र शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

dirghayi clinic

कार्यक्रमका प्रमुख अतिथि उप मेयर निलम लेखक जोशीले राजनीति भन्दा माथि उठेर काम गर्ने बताइन् । ‘यहाँहरुको सहयोगले म उप मेयर भएकी छु, त्यसका लागि सबैलाई धन्यवाद दिन्छु’ द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले आयोजना गरेको शान्तिका लागि स्थानीय शासन क्षमता कार्यक्रमको तेस्रो चरण परिचयात्मक कार्यक्रममा उनले भनिन्,‘राजनीति भन्दा माथि उठेर काम गर्नेछु, भीनपा १९ वडालाई प्राथमिकता दिएर काम गर्छौ ।’

कार्यक्रममा उप मेयर जोशीले केन्द्रले एकल महिलाहरुको हकहित अधिकारका लागि लड्दै आएकोमा प्रशंसा व्यक्त गर्दै आफूले सक्दो सहयोग गर्ने बताइन् ।

कार्यक्रममा भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा, १३ का अध्यक्ष राम बहादुर बोहरा लगायतले शुभ कामना मन्तव्य राखे । कार्यक्रममा भीनपा ९ का अध्यक्ष गगन कार्की, १ का कार्य वाहक अध्यक्ष कालु सिह डगौरा लगायतका सहभागी भएका छन् ।

कार्यक्रम संयोजक विष्टले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा उप मेयर जोशी सहित जनप्रतिनिधिलाई खादा ओढाएर सम्मान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...