ghar sansar

दोधारा चाँदनीमा स्वतन्त्र समूह बनाएका कुमाल लड्न सक्छन् संसदीय चुनाव

little buddha academy
khasi

महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाको मेयरमा स्वतन्त्र चुनाव लडेका भीम कुमाल आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन घोषणापछि गाउँ वस्तीमा संगठन बनाउन व्यस्त भएका छन् ।

संसदीय निर्वाचन घोषणापछि कुमालले नगरपालिकाका सबै वडामा संगठन निर्माण अघि बढाएको हो । अहिले सबै १० वडामा स्वतन्त्र समूहका वडा कमिटी गठन गरिएका छन् ।

,orning glory badhai

स्थानीय तह निर्वाचनमा कुमालले स्वतन्त्र समूहबाट मेयर उप मेयर सहित सबै वडामा उम्मेदवारलार्ई चुनाव लडाएका थिए । उनी आफंैले मेयरमा दुई हजार बढी मत ल्याएका थिए । उनी सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई छाडेर स्वतन्त्र चुनाव लडेका थिए । माओवादी छाडेपछि उनी दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समूहका नेताका रुपमा परिचित हुन पुगेका छन् ।

अहिले दोधारा चाँदनी कुमाल नेतृत्वको समूहलाई स्वतन्त्र समूह भन्ने गरिएको छ । स्थानीय तह निर्वाचनले उनको समूहका नेता कार्यकर्ता पहिरचनमा छुट्टिने गरेका थिए । नेता कार्यकर्ता सबैले एकै रङ्गको पोशाक लगाएका थिए ।

dirghayi clinic

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन घोषणापपिछ नगरका सबै वडामा संगठन निर्माण गरेपछि कुमालले उम्मेदवारी दिने चर्चा पनि हुन थालेका छन् । कुमाल नजिक नेता कार्यकर्ताका अनुसार उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख बाट चुनाव लड्ने मनस्थितिमा छन् । उनी आफैंले भने अझै चुनाव लड्ने घोषणा गरि सकेका छैनन् ।

स्थानीय तह निर्वाचनमा कुमालले २ हजार मत ल्याउँदा एमालेका किशोर कुमार लिम्बुले ७ हजार १ सय ४ मत ल्याएर निर्वाचित भएका थिए । काँग्रेंसका गोपाल दत्त भट्टले ६ हजार १ सय ७१ मत ल्याएका थिए ।

स्थानिय निर्वाचनमा मेयर, उपमेयर सहति दोधारा चाँदनी नगरपालिकाको सबै वडाहरुमा अध्यक्ष तथा सदस्य पदमा स्वतन्त्र समूहले उम्मेदवारी दिएका थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवमे् पूर्व साँसद इन्द्र बहादुर खत्रीले पनि स्वतन्त्र समूहले सत्तारुढ गठबन्धन र एमालेलाई अप्ठेरो पार्ने बताए । ‘दोधारा चाँदनीमा सत्तारुढ गठबन्धन र एमाले दुबै धेरै मतले तलमाथि हुँदैन, हाराहारी नै हुन्छन्’ उनले भने,‘स्वतन्त्र समूहले भने अप्ठेरो पार्न सक्छ, मत काट्न सक्छ ।’

स्थानीय तह निर्वाचनमा दोधारा चाँदनीमा एमाले सबैभन्दा बढी ६, त्यसपछि राप्रपा दुुई, सत्तारुढ गठबन्धनका काँग्रेस र माओवादीले एक÷एक वडा जितेका थिए । एमालेले मेयर जित्दा काँग्रेसले उप मेयर जितेको थियो । उनीहरु दुबै २०७४ को चुनावमा पराजित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...