ghar sansar

एमाले राप्रपाबीच कञ्चनपुर ३ मा चुनावी तालमेल, राप्रपाले उम्मेदवारी नदिने अन्य क्षेत्रमा पनि एमालेलाई सघाउने

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमालेलाई कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाहेक अन्य क्षेत्रमा पनि सघाउने भएको छ । एमाले र राप्रपाबीच शनिबार भएको चुनावी तालमेलका सहमति अनुसार राप्रपाका उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा एमालेलाई सघाउने सहमति भएको हो ।

एमाले पार्टी कार्यालयमा शनिबार साँझ दुबै दलबीच कञ्चनपुर क्षेत्र ३ मा चुनावी तालमेलका लागि ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको छ । सहमति पत्रको ४ नम्बर बुँदामा राप्रपाका उम्मेदवार नभएका क्षेत्रमा एमाले उम्मेदवारलाई सघाउने बुँदा समावेश गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

‘कञ्चनपुरका अन्य निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार नदिएका क्षेत्रहरुमा एमालेका सूर्य ध्वजा वाहक चुनाव चिन्हका उम्मेदवारका पक्षमा मतदान गर्ने गराउन सहयोग गर्ने’ सहमति पत्रमा भनिएको छ ।

सहमति अनुसार कञ्चनपुर ३ को प्रतिनिधि सभा र प्रदेश सभा ख मा राप्रपाले एमाले र प्रदेश सभा क मा एमालेलाई राप्रपालाई सहयोग गर्ने भएका छन् ।

राप्रपाका प्रदेश अध्यक्ष जोशी कञ्चनपुर ३ क मा उम्मेदवार छन् । यसैगरी एमालेबाट प्रतिनिधि सभामा निरुदेवी पाल र प्रदेश सभा ख मा सुरेन्द्र विष्ट उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...