ghar sansar

एमाले राप्रपाका संयुक्त उम्मेदवारलाई बहुमतले जिताउने राप्रपा दोधारा चाँदनीको निर्णय

little buddha academy
khasi

दोधारा । राष्ट्रिय प्रजान्तत्र पार्टी दोधारा चाँदनी नगर समितिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका एमालेसित गरिएको चुनावी तालमेल कार्यान्वयन गरी उम्मेदवारलाई बहुमतले जिताउने निर्णय गरेको छ । कञ्चनपुर ३ मा एमाले र राप्रप्राबीच चुनावी तालमेल भएपछि प्रतिनिधि सभामा एमालेका निरुदेवी पाल, प्रदेश सभामा एमालेका सुरेन्द्र विष्ट र राप्रपाका धर्मराज जोशी उम्मेदवार छन् ।

राष्ट्रिय प्रजान्तत्र पार्टी दोधारा चाँदनीका नगर अध्यक्ष बिर बहादुर शाहको अध्यक्षमा बसेको बिशेष बैठकले आसन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ (ख) को दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आत्मसाथ तालमेल गरि नेकपा एमालेको उम्मेदवार र आफ्नो उम्मेदवारलाई बहुमतले बिजय बनाउने निर्णय गरिएको राष्ट्रिय प्रजान्तत्र पार्टी सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्गले बताए ।

,orning glory badhai
dirghayi clinic

राष्ट्रिय प्रजान्तत्र पार्टी दोधारा चाँदनीको विशेष बैठकमा पूर्व माननिय तथा राष्ट्रिय प्रजान्तत्र पार्टीका केन्द्रीय सदस्य ईन्द्र बहादुर खत्री, राष्ट्रिय प्रजान्तत्र पार्टीका पुर्व केन्द्रिय सदस्य शान्तीमाया सुनुवार, दोधारा चाँदनी नगरपालिका १ का वडा अध्यक्ष बिक्रम चन्द, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, महिला संगठनका गिता मिजार, राप्रपा जिल्ला कमिटि उपाध्यक्ष नन्दा खत्री, जिल्ला सदस्य भगीरथ भट्ट, राष्ट्रिय प्रजान्तत्र पार्टी सुदूररपश्चिम प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्ग लगायत नेता सहभागी भएका छन् ।

एमालेसंग तालमेल गरि नेकपा एमालका उम्मेदवार साथै राप्रपाका उम्मेदवारलाई बहुमतले बिजय बनाउन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन गरेको पुर्व माननिय तथा राष्ट्रिय प्रजान्तत्र पार्टीका केन्द्रीय सदस्य ईन्द्र बहादुर खत्रीले बताए ।

बैठकमा राष्ट्रिय प्रजान्तत्र पार्टीको तर्फ देखि सुदूरपश्चिम प्रदेश कमिटि संयोजक बिक्रम चन्दको अध्यक्षतामा ११ सदस्यीय आसन्न निर्वाचनको लागि प्रचारप्रसार समिति गठन गरिएको प्रजान्तत्र पार्टीका केन्द्रीय सदस्य खत्रीले जानकारी दिएका छन् । निर्वाचनको तालमेलमा सबै नेता तथा कार्यकर्ताहरु एक जुट भएर लाग्ने प्रतिबद्धता समेत जाहेर गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...