ghar sansar

एमाले उम्मेदवार पाल पनि पुगिन भोट माग्दै खेतबारी, भनिन्– महिलाका सबै समस्या थाहा छन, यी समस्या हल गर्न यस पटक मलाई साथ दिनु होस

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य निरुदेवी पालले खेतबारी गएर आफूलाई सहयोग गर्न आग्रह गरेकी छन् । भीमदत्त नगरपालिका २ उल्टाखाममा शनिबार चुनावी भेटघाटका क्रममा उनले खेतबारी गएर किसानसित भेटघाट गरी मत मागेकी छन् ।

dirghayi clinic

प्रतिनिधि सभा सदस्य उम्मेदवारले कञ्चनपुर ३ बाट धान काट्दै गरेका महिलालाई आफूले महिला भएका कारण महिलाका समस्याबारे जानकार भएकाले समाधानका लागि सक्रिय रुपमा लाग्ने बताइन् । उनले कञ्चनपुर ३ बाट अहिलेसम्म महिला निर्वाचित नभएकाले यस पटक आफूलाई अवसर दिनु आग्रह गरिन् ।

,orning glory badhai

उम्मेदवार पालको आग्रहपछि खेतबारीमा धान काट्दै गरेका महिलाले यस अघि दिएको मत सम्मान नभएकाले यस पटक नयाँ र महिला उम्मेदवारलाई आफूहरुको सहयोग हुने बताएको एमालेको प्रदेश निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक जनकराज अवस्थीले बताए ।

उनका अनुसार पालले आफू २०६५ मा चुनाव लडि सकेको र यस पटक सबै महिला मतदाताको साथ समर्थन पाउनेमा आशावादी रहेको बताएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...