ghar sansar

दोधारा चाँदनीमा एमाले राप्रपाको बैठक, संयुक्त निर्वाचन परिचालन समिति गठन

little buddha academy
khasi

दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा चुनावी तालमेल गरेका एमाले र राप्रपाको दोधारा चा“दनीमा संयुत्त बैठक बसेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीको घरमा दुबै दलका बैठक बसेको
छ । बैठकमा दुबै दलका नेता सहित उम्मेदवार सहभागी भएका छन् ।

बैठकमा राप्रपाका तर्फबाट कञ्चनपुर ३ (क) प्रदेश सभाका उम्मेदवार धर्मराज जोशी, नेकपा एमालेको तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ (ख) मा प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र प्रदेशमा सुरेन्द्र बिष्ट, राप्रपाका समानुपातिक उम्मेदवार शान्तिमाया सुनुवार सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सदस्य तमान सिंह गुरुङ्ग, राप्रपाका बरिष्ठ नेता तथा पूूर्व सा“सद ईन्द्र बहादुर खत्री, राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द, राप्रपा राप्रपा जिल्ला कमिटी उपाध्यक्ष नन्दा देबी खत्री, राप्रपा नगर अध्यक्ष बिर बहादुर शाह, सामनुपातिक उम्मेदवार शान्ती माया सुनुवार, राप्रपा क्षेत्र नं. ३ (ख) क्षेत्रिय अध्यक्ष बिक्रम चन्द, क्षेत्रिय सदस्य केशव खत्री सहभागी भएका छन् ।

एमालेका जिल्ला कमिटि सदस्य गगन खत्री, खिमा चन्द, नेता पदम रावल लगाएत नेता तथा कार्यकर्ता सहभागी भए । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार सहित सयुक्त बैठकले आसन्न निर्वाचनमा राप्रपाका उममेदवार धर्मराज जोशी र नेकपा एमालेका उम्मेदवार सुरेन्द्र बिष्ट र निरुपाललाई बिजय बनाउन प्रतिबद्ध भएका छन् । बैठकमा राजनीतिक छलफल, निर्वाचन परिचालन लगायत विषयमा छलफल गरिएको छ् ।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त तालमेलमा उम्मदेवारलाई जिताउन नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त नगर स्तरिय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ् । निर्वाचनको तालमेलमा दुबै दलका नेता तथा कार्यकर्ताहरु एक जुट भएर लाग्ने प्रतिबद्धता समेत जाहेर गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...