ghar sansar

रावणको वधसंगै सकियो बाबाथानमा रामलिला

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा रात्रीकालिन रामलिला सम्पन्न भएको छ । बाबाथानमा सञ्चालन गरिएको रामलिला मञ्चन सकिएको छ । आइतबार राति विधिवत रुपमा रामलिला नाट्य श्रंखलाको समापन गरिएको आयोजक संस्था आदर्श रामलिला समितिले जनाएको छ । रावणको बधसंगै रामलिला सकिएको छ ।

लामो समयदेखि दशैको सेरोफेरोमा सञ्चालन हुने रामलिला नाट्य श्रंखलाले साँस्कृतिक, धार्मिक, सामाजिक गतिविधिले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा सहयोग पुग्ने  अपेक्षा राखिएको छ ।

,orning glory badhai
dirghayi clinic

समापन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, नगर प्रवक्ता ओंम बस्नेत सहित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैर सरकारी संघ–संस्था, भक्तजन सहभागी भएका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिका ३ देबिस्थानमा रामलिला जारी छ । देबिस्थानमा प्रचण्ड चण्डी बिकास नेपालको आयोजनामा हिन्दुहरुको महान पर्व बिजय दशमी र शुभ दिपावलीको पावन अवसरमा संचालन भएको रामलिलाका निर्देशन भिमराज पन्त रहेका छन् ।

रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउँदै आदर्शको बाटोमा डो¥याउन समेत रामलिला नाट्य श्रंखलाले सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...