ghar sansar

आचार सँहिता मिच्दै स्थानीय तहका जनप्रतिनिधि चुनावी प्रचारमा, अनुमगन समितिमा मौखिक उजुरी

little buddha academy
khasi

महेन्द्रनगर । निर्वाचन आचार सँहिता अनुगमन समितिमा स्थानीय कार्यपालिका सदस्य चुनाव प्रचारप्रसारमा सहभागी भएको उजुरी परेका छन् । निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारी र कार्यपालिका सदस्यलाई चुनावी प्रचारप्रसारमा जान रोक लगाएको छ ।

आचार सँहिता अनुगमन समितिका अधिकृत विष्णुदत्त जोशीले पार्टीका चुनावी भेला तथा प्रचारप्रसारमा पालिकाका जनप्रनिधिहरु समेत सहभागी भएको उजुरी समेत परेको बताए । ‘जनप्रतिनिधिलाई पार्टीका उम्मेदवारका पक्षमा मत माग्ने कार्यमा संलग्न नहुन आग्रह गरेका छौं,’ उनले भने, ‘उम्मेदवारलाई पनि अहिल्यै पर्चा–पम्पेलट वितरण नगर्न भनेका छौँ ।’

,orning glory badhai
dirghayi clinic

अनुगमन अधिकृत जोशीले भीमदत्त नगरपालिका १६ मा ग्राभेल हालेको मौखिक उजुरी पनि परेको बताए । नगर उपप्रमुख निलम जोशीले आचारसंहिता विपरीत ग्राभेल हाल्न लगाएको भन्दै उजुरी आएको थियो,’ अनुगमन अधिकृत जोशीले भने, ‘त्यो विषयमा नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीलाई सोधेका थियौँ, उहाँले योजनामै भएकाले ग्राभेल हालेको बताए, त्यसलाई रोक्न भनेका छौँ ।’

केही दिन अगाडी कञ्चनपुर क्षेत्र नं. २ का नेपाली कांग्रेसका कार्यकताहरुले ढक्कास्थित आरक्ष पीडित शिविरमा न्यानो कपडालगायतका सामाग्री वितरण गरेका थिए । त्यो विषयमा पनि मौखिक उजुरी आएको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी पाएका जोशीले बताए ।

‘त्यो विषयमा मौखिक जानकारी आएको थियो, सम्बन्धित व्यक्तिहरुलाई मौखिक रुपमै स्पष्टीकरण मागेका थियौँ,’ उनले भने, ‘लिखित उजुरी नपरेकाले गम्भीर रुपमा हेर्न पाएनौं, न्यानो कपडा वितरणमा उम्मेदवारनै संलग्न भएको पाइएन् ।’

Himal dental
सम्बन्धित
Loading...