ghar sansar

दोधारा चाँदनीका चार वडामा एकै दिन एमाले राप्रपाका संयुक्त कार्यालय उद्घाटन, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार सहभागी

little buddha academy
khasi

दोधारा । एमाले र राप्रपाले चुनाव प्रचारका लागि शनिबार चार वडामा संयुक्त सम्पर्क कार्यालय खोलेका छन् । दोधारा चाँदनी नगरपालिका २ सरस्वती टोल, वडा नं. ३ शान्ती चौराह, वडा नं. ४ चाँदनी बजार र वडा नं. ५ भण्डारी चौराहमा कार्यालय खोलएका छन् ।

एमालेका कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुपाल र कञ्चनपुर ३ (ख) प्रदेश सभा उम्मेदवार सुरेन्द्र बिष्ट लगायतका नेता सम्पर्क कार्यालय उद्घाटनमा सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

यस अघि वडा नं. १ मा सम्पर्क कार्यालय खोलिएको थियो । दोधारा चाँदनी नगरपालिका वडा नं. ६, ७, ८, ९ र १० वडामा नेकपा एमाले र राप्रपाको संयुक्त सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।

शनिबार कार्यालय उद्घाटन कार्यक्रममा उम्मेदवार सहित एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्का, प्रदेश कमिटि सदस्य तथा दोधारा चाँदनी नगरपालिकाका पुर्व उपमेयर चिनी ओझा गिरी, जिल्ला कमिटि सदस्य सरोज चन्द, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, वडा नं. २ का वडाध्यक्ष पदमर रावल, वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेत, ओंम बस्नेत, नेकपा एमाले दोधारा चा“दनी नगर अध्यक्ष हरिसिंह धनाडी लगायतका नेता सहभागी भएका छन् ।

यसै गरी राप्रपाका नगर अध्यक्ष बिर बहादुर शाह, राप्रपाका नेता बिक्रम चन्द, राप्रपा शुदुपश्चिम प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्ग, राप्रपा पुर्व केन्द्रिय सदस्य शान्तीमाया सुनुवार लगायत नेता कार्यकर्ता सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...