ghar sansar

वनगाउँमा गुण्डागर्दी गर्दै कुटपिट गर्ने प्रहरी निरीक्षक ठगुन्नामाथि छानबिन गरी कारवाही गर्ने एसपी चौधरीको आश्वासन, मुद्दा चलाएर कारवाही गर्न पीडितको माग

khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक श्याम सिह चौधरीले प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नामाथि छानबिन गरी कारवाही गर्ने आश्वासन दिएका छन् ।

भीमदत्त नगरपालिका ५ वनगाउँस्थित बिहीबार राति स्थानीय महेश खड्काको घरमा गुण्डागर्दी शैलीमा छापा मारी कुटपिट गरिएपछि उनलाई कारवाहीका लागि स्थानीय प्रहरी कार्यालय पुगेका छन् ।

dirghayi clinic

खड्काका परिवार सहित स्थानीयले प्रहरी निरीक्षक ठगुन्नाले राति देखाएको अस्वभाविक व्यवहार र कुटपिटबारे प्रहरी कार्यालय आएर प्रहरी उपरीक्षक चौधरीलाई जानकारी गराएका छन् । प्रहरी उपरीक्षक चौधरीले उनीहरुलाई छानबिन समिति गठन गरी कारवाही गर्ने आश्वासन दिएका छन् ।

‘दाई सहित अन्य स्थानीय प्रहरी कार्यालय जानु भएको थियो, एसपी सापले छानबिन समिति गठन गरी कारवाही गर्र्ने आश्वासन दिनु भएको छ’ स्थानीय महेश खड्काले भने,‘हामीले चाहिँ मुद्दा दायर गर्छौै, त्यस अनुसार कारवाही गर्न माग गर्न आग्रह गरेका छौ ।’

स्थानीय खड्काको घरमा आफन्त सहितले तिहार मनाउने क्रममा राति ९ बजे पुगेको प्रहरी निरीक्षक ठगुन्ना नेतृत्वको टोलीले गुण्डागर्दी शैलीमा कुृटपटि र धरकपडक गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका छन् । उनीहरुले हत्केडी लगाएर पनि स्थानीयमाथि कुटपिट गरिएको बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...