ghar sansar

सत्ता गठबन्धनका उम्मेदवार लेखक भन्छन्– एमालेले जिते जनयुद्ध भन्दा पनि भयानक अवस्था आउन सक्छ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले एमालेले चुनाव जिते जनयुद्ध भन्दा भयानक अवस्था आउने बताएका छन् ।

dirghayi clinic

‘संविधान भत्काउने पाटीका मान्छेले जिते यो संविधान भत्काएर जाने र विगत जनयुद्ध भन्दा भयानक अवस्था सृजना हुन्छ, प्रतिगमन रोक्न गठबन्धन गरिएको हो’ अपि सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेको तिहार छठ, नेपाल सम्वत शुभकामना आदान प्रदान कार्यक्रममा उनले भने, ‘‘संविधान जोगाउने शक्ति काँग्रेस, माओवादी, समाजवादी, जनमोर्चा सहितका शक्ति एक ठाँउमा छन, ‘लेखकले भने, ‘संविधान भत्काउने नेतृत्व एमालेले गरेको छ ।’

,orning glory badhai

कार्यक्रममा लेखकले काँग्रेसले माओवादी र माओवादीले काँग्रेसलाई विना हिचकिचाहट मत हाल्न आव्हान गरेका छन् । सत्ता गठबन्धनका कुनै पनि उम्मेदवार हारेमा गठबन्धन नै हार्ने उनको भनाई छ ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले लोकतान्त्रिक मूल्य मान्यता अनुसार परिर्वतनकारी शक्तिको रुपमा गठबन्धन भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...