ghar sansar

दोधारा चाँदनीमा काँग्रेसका ५० कार्यकर्ता एमाले प्रवेश, उम्मेदवारद्वय पाल र विष्ट सहितले लगाए टिका

little buddha academy
khasi

दोधारा । निर्वाचनको मुखमा दोधारा चाँदनी नगरपालिकामा विभिन्न दलका नेता छाडेर नेकपा एमाले प्रवेश गर्ने लहर चलेको छ ।

एमाले र राप्रपाको कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभाका संयुक्त उम्मेदवार निरुपाल र कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभा उम्मेदवार सुरेन्द्र विष्ट र निवर्तमानन साँसद डा. दिपक प्रकाश भट्टले दोधारा चाँदनी नगरपालिका नं. १ पुर्णागिरी टोलमा आयोजित चुनावी भेटघाट कार्यक्रममा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई फूलमालाले स्वागत गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

दिल बहादुर खत्री, चन्द्र बिर सार्की, महाबिर धामी, अञ्जु बोहरा, गंगा दत्त अवस्थी, टेक बहादुर सुनार, गगी सुनार, प्रकाश सुनार, पुष्कर लुहार लगायत ५० जना काँग्रेस परित्याग गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त मतदातासंग भेटघाट कार्यक्रम कार्य लागि अघि बढाएको छ । आज दोधारा चाँदनी नगरपालिका वडा नं. १ र को टोल बस्तीमा नेकपा एमालेका उम्मेदवार सहित टोलीले भेटघाट गर्ने कार्यक्रम जारी राखेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...