ghar sansar

प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा पातल, भन्छन्–धेरै ठूला ठुला कुरा गरेर जनतालाई सपना बाँड्नु भन्दा सक्ने जति गर्ने हो, जनताका लागि गरेको कुर्बानीबाट मलाई सबैले साथ दिनेछन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका निवर्तमान जिल्ला अध्यक्ष बीर बहादुर थापा(पातल) प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । शिक्षण पेशाबाट छाडेर माओवादीको सशस्त्र जनयुद्धमा होमिएका उनी तीन दशकदेखि राजनीतिमा सक्रिय छन् ।

पुनर्वास नगरपालिका थापा २०५२ देखि पाँच वर्षसम्म सामुदायिक विद्यालयमा शिक्षण गरेका थिए । २०७५ मा जनयुद्धमा होमिएका उनी त्यस अघि अखिल क्रान्तिकारीको अध्यक्ष भएका थिए । जनयुद्धमा होमिएको एक वर्षपछि २०५८ मै गिरफतार भएका उनी २०६१ सम्म जेल बसेका थिए ।

,orning glory badhai

२०६१मा जेलब्रेक गरेका थापा पुन ०६१ कार्तिकतिरै पक्राउ गरेर जेल परे । दुई पटक राजनीतिक बन्दीका रुपमा जेलमा परेका थापा २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि मात्रैजेलमुक्त भएका थिए । पार्टीको एसिया कमिटि सदस्य हुँदै जिल्ला अध्यक्षसम्मको भूमिका निर्वाह गरेका थिए ।

dirghayi clinic

नेकपा विभाजनपछि एमाले आएका उनी यस अघि २०७४ मा माओवादी केन्द्रबाट पुनर्वास नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । यस पटक पनि उनलाई मेयर लड्न एमालेले सिफारिश गरे पनि उनी अनच्छा देखाएका थिए ।

२०६३ सालमा माओवादीको जिल्ला सदस्य, भीमदत्त नगर इन्चार्ज, विभिन्न जिल्लाको जिम्मेबारी, ०६७ सालमा जिल्ला नेतृत्व सम्हालिसकेका थिए ।

०७५ सालमा नेकपा माओवादी केन्द्र र एमालेविच एकता भएर बनेको नेकपाको नेतृत्व समेत थापाले गरेका थिए । एमाले जिल्ला अध्यक्ष र त्यसपछि गत बर्ष पराजित भएका थिए । अहिले एमाले जिल्ला सचिवालय सदस्य रहेका छन ।

प्रदेश सभा सदस्यका उम्मेदवार थापाले लालझाडी–पुनर्वासलाई सडक सञ्जालसंग जोड्दै स्तरिय सडक विस्तार गर्ने, जंगली जनावर नियन्त्रण गर्ने, भूमिहिन, आरक्षपीडित, मुक्त कमैया, हलिया, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने, युवा बेरोजगारी अन्त्य गर्ने, व्यवस्थित सहरीकरण गर्ने, कृषिको विकास, सिँचाई प्रंणालीको सुधार गर्दै कृषिमा आधुनिकरण, प्राकृतिक स्रोत साधनमा स्थानीयको पहुँच बृद्धि गराउने, सीमा सुरक्षा गर्ने, दोदा नदीको कटानी नियन्त्रणलाई चुनावी एजेण्डा बनार्एका छन् ।

यसैगरी उनको चुनावी एजेण्डामा विद्युतको सप स्टेशन स्थापना, शिक्षा, स्वास्थ्य खानेपानी विद्युत संचारको विकास गर्ने, उक्त क्षेत्रका सबै समुदायको धार्मिक, साँस्कृतिक ऐतिहासिक क्षेत्रको विकास लगायतका छन् । ‘हेर्नु होस अहिले धेरै ठूला ठुला कुरा गरेर जनतालाई सपना बाँड्नु भन्दा सक्ने जति गर्ने हो, ‘थापाले भने, ‘आशा छ, मेरो राजनीतिक संघर्ष, त्याग र जनताका लागि गरेको कुर्बानीबाट मलाई सबैले साथ दिनेछन ।’

Himal dental
सम्बन्धित
Loading...