ghar sansar

दोधारा चाँदनीमा काँग्रेस माओवादी सहित विभिन्न दलका झण्डै दुई सय कार्यकर्ता एमाले प्रवेश

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा सत्ता गठबन्धनका काँग्रेस माओवादी सहित विभिन्न दलका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । दोधारा चाँदनी नगरपालिका ७ मा गरिएको कार्यक्रममा उनीहरु सहित झण्डै दुई सय हाराहारीमा एमाले प्रवेश भएका छन् ।

एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले सबै जनालाई टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

एमाले प्रवेश गर्नेमा किशन गुरुङ्ग, धनबिर चन्द, छबिलाल आले, जगत सिंह बिष्ट, बल बहादुर सुनार, बिर थापा, दिपक हमाल, करन बहादुर सुनार लगायका नेता कार्यकर्ता रहेको एमाले जिल्ला कमिटी सदस्य गगन खत्रीले बताए । उनीहरुले काँग्रेंस र माओवादीमा कमिसन, भ्रष्टाचार, लुट, दलाल, अनैतिकता, व्यक्तिवाद, नातावाद, कृपावाद, परिवारवाद र अवसरवाद एवम् पुँजीवादी सोच, चिन्तन, कार्यशैली र प्रवृत्ति रहेको बताउदै आजको दिन देखि नेपाली काग्रेंस र माओबादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् ।

उनीहरुसंगै केही दिन अघि एमाले छाडेर काँग्रेसका प्रवेश गरेका दुई नेता पनि एमाले फर्किएका छन् । एमाले नेता जनकराज अवस्थीका अनुसार कार्यक्रममा एमाले उम्मेदवारले दोधारा चाँदनीको विकासका लागि आफूहरु कुनै कसर बाँकी नराख्ने प्रतिद्धता गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...