ghar sansar

सुन्दर नगरमा एमाले उम्मेदवार विष्टले भने– दोधारा चाँदनीको भोटले १८ वर्ष साँसद मन्त्री भएर पनि सय मिटर मात्रै कालोपत्रे भएको रहेछ

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनीको जोगबुडामा पक्की पुल निर्माण गरिने बताएको छन् । दोधारा चाँदनी नगरपालिका –८ सुन्दरनगरमा आयोजित चुनावी कार्यक्रममा उनले पुल बनाउने प्रतिवद्धता गरेका छन् ।

एमाले नेतृत्वको सरकारको समय डिपिआर तयार भएकोले चाँडै जोगबुडा नदीमा पक्की पुल निर्माण कार्यलाई निरन्तरता दिने उनको भनाई छ् । त्यस्तै जोगबुडामा पक्की तटबन्ध निर्माण गरिने पनि उनले बताए । ‘अहिले यहाँ माझ आउँदा झुलुङ्गे पुलबाट आएको छु, उनले भने ‘तपाईहरुले यस क्षेत्रबाट जिताएर पठाउनु भयो भने अर्का पटक पक्की बनाएर फर्किने छु ।’

,orning glory badhai

भीमदत्त नगरपालिकाका निवर्तमान मेयर समेत रहेका विष्टले खैरभट्टी कुतियाकवर विकास मोडेलको रुपमा अघि बढाएका छन् । उनले सीमा समस्या समाधान पूर्वाधार विकास र पर्यटनको व्यवसायीकरण गर्ने योजना अघि सारेका छन् । एमाले राष्ट्रवादी भएको बताउदै उनले पार्टी नेतृत्वको सरकार बने सीमा समस्या समाधान गरिने बताए ।

dirghayi clinic

त्यस्तै उनले दोधारा चा“दनीमा रहेको रहेको स्वास्थ्य चौकीलाई ५० शैय्याको अस्पतालको रुपमा विकास गरिने बताए । त्यस्तै कृषि यान्त्रिकीकरणसंगै परवल खेतीलाई व्यवसायीकरण र बजारीकरण गरिने प्रतिवद्धता गरे ।

विष्टले लामो समय सत्तामा बसेर पनि दोधारा चाँदनी विकासबाट पछि परेको उल्लेख गर्दै आफूले वाचा अनुसार काम गर्ने बताए । ‘दोधारा चाँदनीबाट एउटै व्यक्ति १८ वर्षसम्म सांसद, मन्त्री भए तर सय मिटर मात्रै कालोपत्रे भयो’ उनले भने ।

उनले भने ‘पछिल्लो पाँच वर्षमा एमाले नेतृत्वको सरकारले यस क्षेत्रमा गरेको विकासका कामबारे तपाईहरु जानकार नै हुनु हुन्छ’ उनले पटक–पटक चुनाव जितेकाले दोधारा चाँदनीको विकास गर्न नसकेकोले आफु यस क्षेत्रमा चुनाव लड्न आएको स्पष्ट समेत पारेका छन् ।

एमालेले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण, महाकाली र जोगबुढामा पक्की तटबन्ध, महाकाली नदी र शुक्लाफाँटालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने प्रतिवद्धता जनाए । बाबाथानलाई सीमा क्षेत्रको व्यवस्थित सहर बनाउने विष्टले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...