ghar sansar

दोधारा चाँदनीको रामपुरे वस्तीमा पुगेर एमाले उम्मेदवार विष्टले गरे ५ प्रतिवद्धता, नदी कटान नियन्त्रणदेखि होमस्टे सञ्चालनसम्मका वाचा

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिका –७ रामपुरे बस्तीका स्थानीयले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टलाई समस्या सुनाएका छन । जगबुडा नदी पारीको वस्तीका उनीहरुले चुनावमा वाचा अनुसार काम गर्ने नेतालाई मत दिने बताए ।

स्थानीय कमला देवी थापा मगरले बस्तीमा जोगबुडा नदी कटान नियन्त्रण, सडक कालोपत्रे, सिचाईका लागि माग गरिन् ।

,orning glory badhai
dirghayi clinic

स्थानीयको सस्मया सुनेपछि विष्टले रामपुरे बस्तीमा ५ काम गर्ने प्रतिवद्धता जनाए । उनले बस्तीको सडक कालोपत्रे, कटान नियन्त्रणका लागि तटबन्धन, जोगबुडा नदीबाट लिफ्टीङ सिँचाईको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै जोगबुडा नदीमा पुल निर्माणसंगै जनजाती सामुदायको बाहुल्यता रहेको उक्त बस्तीमा पर्यटन प्रवद्र्धनका लागि होमस्टे समेत सञ्चालन गरिने उनले बताए । स्थानीयले आफुले निर्वाचनमा एमालेलाई सहयोग गर्ने पनि प्रतिवद्धता जनाका छन् ।

एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा जोगबुढा नदीमा तटबन्धन सुरु गरिको छ भने पुल निर्माणका लागि डिपिआर बनाईएको वडा अध्यक्ष ज्ञानेन्द्र बहेकले बताए ।

Himal dental
सम्बन्धित
Loading...