ghar sansar

दोधारा चाँदनीको कञ्जनभोजमा एमाले उम्मेदवार विष्टले भने – अघिल्लो पटक दाई हराएर भाई जिताउनु भो, यस पटक दिदी जिताउनु होस, पाँच वर्षमा बाँकी विकासका काम पूरा गर्ने भनेर आएका छौ

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार सुरेन्द्र विष्टले निर्वाचनमा जनता सामु गरिएका सबै वाचा पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफूले सीमाको माटो समातेर प्रतिवद्धता गरेको उल्लेख गरे ।

‘हामी काम गर्न सबैको साझा उम्मेदवार भएर आएका छौ, पाँच वर्ष अघि तपाईहरुले दाई हराएर भाई जिताउनु भयो, यस पटक दिदीलाई जिताउनु होस, पाँच वर्षमा बाँकी विकासका काम पूरा गर्ने भनेर आएका छौ’ दोधारा चाँदनी नगरपालिका ७ कञ्जनभोजस्थित आयोजित कार्यक्रममा उनले भने,‘अहिले जे वाचा गर्छौ, ती वाचा पूरा गर्छौ, सीमाको माटो समातेर कशम खाएको छु, जसरी आग्रह गरिएको छौ, त्यसैरी नै व्यवहार उतार्छौ ।’

,orning glory badhai

कार्यक्रममा उम्मेदवार विष्टले आफू भीमदत्त नगरपालिकाको मेयर हुँदा दोधारा चाँदनी नगरपालिकाका लागि केही काम गर्न नसकेको भनेर प्रचार गरिएको भन्दै आफू सधैं दोधारा चाँदनीका वासिन्दाको सुख दुखमा साथ दिएको बताए ।

dirghayi clinic

‘मलाई भीमदत्तको मेयर हुँदा दोधारा चाँदनीको लागि केही गरेन भनेर प्रचार गरिएको छ , म भन्नु चाहन्छु, तपाई दोधारा गाविसको अध्यक्ष हुँदा चाँदनी गाविसका लागि के गर्नु भाको थियो, यो वहाँलाई सोध्नु होला’ उनले भने,‘भीमदत्तको मेयर हुँदा पनि म बडुवाल टोलको हात्ती पीडित वस्ती पुगेको छु, कुतियाकवरको बाढी पीडित वासिन्दासम्म पुगेको छ, यहाँका विभिन्न कार्यक्रममा सहभागी भएको छु, यस पटक जिताउनु होस, म वाचा अनुसार काम गर्छु ।’

उम्मेदवार विष्टले आफू नयाँ दोधारा चाँदनी बनाउने योजना सहित जनताको घरदैलोमा आएको उल्लेख गर्दै नगर विकास गुरु योजना बनाएर अघि बढ्ने बताए ।

‘नयाँ दोधारा चाँदनी बनाउने २५ वर्ष योजना सहित सबैको साझा उम्मेदवार मैदानमा आएका छौ, हामी जनजातिको उम्मेदवार हो, दलितको उम्मेदवार हो, सर्वहारको उम्मेदवार हो, काम गरेर खाने वर्गको उम्मेदवार हो, सबैको साझा उम्मेदवार हो’ उनले भने,‘चुनाव जितेपछि पहिलो वर्ष काम सुरु गर्छौ, दोस्रो वर्ष काम गर्छौ, पाँच वर्षसम्म काम गर्छौ, अनि २५ वर्ष लाग्ने काम सुरु गर्छौ ।’

प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले भीमदत्तको पाँच वर्षको कार्यकालमा २५ वर्षे रणनीतिक गुरु योजना बनाएका छन् । भीमदत्तको वार्षिक नीति तथा कार्यक्रममा त्यहीं योजनाका आधारमा बनाउने गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...