ghar sansar

खल्ला विद्युत तार चोरी प्रकरण : छानबिन समिति बनाएर अनुसन्धान थाल्ने प्राधिकरणको तयारी

khasi

महेन्द्रनगर । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले भीमदत्त नगरपालिका–९ खल्लामुसेटीबाट ठूलो मात्रामा बरामद गरेको विद्युतको तारबारे छानविन समिति गठन गरेर कारवाही प्रक्रिया अघि बढाईने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख तुुतुन कुमार श्रीवास्तवले बताएका छन् ।

श्रीवास्तवले भने, ‘प्राधिकरणका सुदूरपश्चिम प्रदेश प्रमुख डा. जंगबहादुर चन्दको आमा बितेका कारण प्रक्रियामा रहेकाले बढाउन केही ढिलाई भएको छ, अब दुई तिन दिनमै प्रक्रिया अगाडी बढ्छ ।

dirghayi clinic

काँग्रेस भिमदत्त नगर समितिका सदस्य तथा रेडक्रसका कर्मचारी एवं पुर्व शिक्षक दिपराज चटौतको पसलबाट कार्तिक १२ गते शनिबार तार बरामद गरिएको थियो । नेता चटौतको प्रत्यक्ष निगरानिमा राम्रो तारलाई टुक्राटुक्रा पार्न लागेको एक स्थानियले देखेपछि उनले विद्युत प्राधिकरणमा खबर गरेका थिए । विद्युत लाइन विस्तारका लागि खल्लामा पुगाएका तार चोरी गरी बेच्नका लागि तयारी गरिरहेको अवस्थामा बरामद गरिएको हो ।

विद्युत प्राधिकरणका इन्जिनियर नेतृत्वको टोलीले तार बरामद गरी कार्यालयमा ल्याएको हो । बरामद तार पाँच क्विन्टल भन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

खल््ला मुसेट्टी र टुँडीखेलमा दुई वर्ष अघि मात्रै विद्युत लाइन विस्तार गरिएको थियो । त्यहीं बेला लाइन विस्तारका लागि पुगाएको तार चोरी गरी अहिले बेच्न थालिएको आशंका गरिएको छ ।

कार्यालयका अनुसार लाइन विस्तारपछि बचेको तारलाई पछि कार्यालयमा ल्याउने भनेर खल्लामा छाडिएको थियो । कार्यालयले तार समातेर ल्याएपनि तार लोड गरिएको ट्रयाक्टर भने ल्याएको छैन ।

Himal dental
सम्बन्धित
Loading...