ghar sansar

स्वतन्त्र उम्मेदवार कुमाल भन्छन –गरीबलाई सहयोग गर्छौ

little buddha academy
khasi

दोधारा । स्वतन्त्रका उम्मेदवार भिम कुमालले गरिखाने र बिपन्न बर्गको आफुहरु सहयोगी भएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न स्थानमा स्वतन्त्रका उम्मेदवार भिम कुमालले गर्दै आएको भेटघाटको क्रममा उनले यस्तो बताएका हुन् । कोरोना संक्रमणको बेला सबै दल तथा नेता भनादाहरुले केही नगरेको उनको आरोप छ् ।

‘कोरोना संक्रमण नियन्त्रणको बेला मैले नगरपालिकाको सहयोगी भुमिका निर्वाह गरेको छु’ उम्मेदवार भिम कुमालले भने, ‘त्यसैले मलाई गरिब तथा बिपन्न बर्गले रुचाएका छन् ।’ पीडाको त्यस क्षणमा दलहरुले कसैले केही नगरेको र आफुले ब्यक्तीगतरुपमा रकम लगाएर दोधारा चाँदनी नगरपालिका र अन्य पालिकामा सहयोग गरि कोरोना संक्रमणबाट उब्जेका समस्यालाई मानविय हिसावले सहयोग गरेको उनले बताए ।

,orning glory badhai

पीडाको त्यो समयलाई सम्झेर आफुहरुले आगामी दिनमा त्यस्तै नेता चाहिएको भन्दै स्थानियहरुले उम्मेदवार भिम कुमालाई बिजय बनाउने प्रतिवद्धता गर्दै आएको स्वतन्त्र समुहका नेता भक्त बहादुर सुनारले बताएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख) स्वतन्त्र समुहका प्रदेश सभाका उम्मेदवार भीम कुमालले घर दैलो र भेटघाटलाई सशक्त बनाउदै लगेका छन् ।

dirghayi clinic

उम्मेदवार कुमालले दोधारा चाँदनी नगरपालिकाको सुगम तथा दुर्गम बस्तीमा समेत सशक्तरुपमा आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता बनाउदै लगेका छन् ।

दोधारा चाँदनी नगरपालिकाको ग्रामिण बस्ती तथा बाढी ग्रस्त बस्तीमा समेत उम्मेदवार कुमालले घरदैलो र युवाहरु संग भेटघाटलाई तिब्रता दिएका छन् ।

आफ्नो चुनाव चिन्ह लालटिनमा भोट हाली निर्वाचनमा बहुमतले बिजय बनाउन स्थानिय मतदाताहरुलाई आग्रह गर्दै आएका छन् । वडा, बस्तीमा जनता माझ पुगिरहेका स्वतन्त्र समुहका उम्मेदवार कुमाल दोधारा चाँदनी नगरपालिकाको विकासमा राजनीतिकरण भईरहेकाले आफु स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् ।

उनी कोरोना संक्रमण नियन्त्रणको बेला स्थानियबासी, सुरक्षाकर्मी, स्थानिय सरकारलाई नगद रकम, खाद्यान्न, लत्ताकपडा तथा स्वाथ्य सामग्री सहयोग गरेका थिए । उनी दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजसेवीको नाउबाट परिचित छन् ।

Himal dental
सम्बन्धित
Loading...