ghar sansar

दोधारा चाँदनीमा काँग्रेसलाई शाहीले नै दिने भए झट्का, भन्छन्– १७ वर्ष काँग्रेंस हाँकेको छु, म निकै उत्साहित छु

little buddha academy
khasi

दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेश सभा सदस्यका काँग्रेसका विपीका उम्मेदवार धन बहादुर शाहीले आफुले १७ वर्ष काग्रेंसको अगुवा पदमा रहेर काम गरेका भन्दै जनताले आफु प्रति गर्दै आएको माया प्रति ढुक्क रहेको बताएका छन् ।

यस पल्टको निर्वाचनमा आफु बिजय बनाउनेमा ढुक्क भएको उनी बताउँछन् । उनी लगायत विपी काँग्रेंसका नेता तथा कार्यकर्ताले बहुमत ल्याउन घरदैलो र मतदातालाई भेट गर्न व्यस्त भएका छन् । उनी अहिले दोधारा चाँदनी नगरपालिका विभिन्न टोल बस्तीमा आफ्नो चुनाव चिन्ह करुवा लिएर प्रचार प्रसारमा लागेका छन् ।

,orning glory badhai

निर्वाचन नजिकिदै जाँदा उम्मेदवार शाहीले प्रचारप्रसार र मतदातासंग भेटलाई बढाउँदै लगेका छन् । शाही दोधारा चाँदनीमा नेपाली काँग्रेसका लागि चर्चित नाम हो ।

dirghayi clinic

बहुदलीय व्यवस्थाको सुरुआत देखि कांग्रेसमा सक्रिय रहेका शाहीले तत्कालिन दोधारा गाउँ विकास समितिको पार्टी सभापति भएर १७ वर्ष कांग्रेस हाँकेका हुन् तर आसन्न प्रदेश सभा निर्वाचनमा उनी काँग्रेस परित्याग गरेर कांग्रेस बीपीबाट उम्मेदवार भएका छन् । उनी आन्दोलनमा समेत घाईते भएका हुन् ।

६९ वर्षीय शाही दोधारा चाँदनी नगरपालिका–९ का स्थायी वासिन्दा हुन् । उनले प्रदेश सभा ३ (ख) बाट उम्मेदवारी दिएका छन् ।

उनी कांग्रेस बीपीको चुनाव चिह्न करुवामा मतदानका लागि आह्वान गर्दै घरदैलोमा जुटेका छन् । कांँग्रेस भित्र अवसरवादीले मात्रै अवसर पाउने र निरन्तर खटिने कार्यकर्ता पाखा लाग्नु पर्ने भएकाले लामो समय योगदान गरेको पार्टी छाड्नु परेको उम्मेदवार धन बहादुर शाही बताउँछन् ।

‘पार्टीका लागि निस्वार्थ लाग्ने माथि जहिल्यै भेदभाव मात्रै भयो,’ उनले भने, ‘यस क्षेत्रका नेताहरुले पनि बुझ्न सकेन ।’ शाही २०४७ सालमा कांग्रेसका जिल्ला सदस्य हुदै २०४९ देखि २०६६ साल सम्म दोधारा गाउँ विकास समितिको पार्टी सभापति भएका हुन् ।

२०६१ सालमा उनी महाधिवेशन प्रतिनिधि समेत भए । उनी पञ्चायतकालमा अत्यधिक मतका साथ दोधारा गाउँ पञ्चायतका उप–प्रधानपञ्च पनि भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...