ghar sansar

सबै मतदानस्थलमा धमाधम बुथ बन्दै, विहान ७ बजेदेखि मतदान सुरु

khasi

महेन्द्रनगर । कञ्चनपुरका सबै मतदानस्थल मतदान अधिकृत सहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चुनावको सबै तयारी पूरा गरिएको छ । आइतबार बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ । जिल्लामा १ सय ३२ मतदानस्थल राखिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले सबै मतदान स्थलमा मतदान केन्द्र निर्माणको काम भइरहेकोे बताए ।‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भइ सकेको छ,’ उनले भने, ‘आज मतदान केन्द्र निर्माणको काम अन्तिम चरणमा छ ।’

dirghayi clinic

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेको उनको भनाई छ । ‘सबै मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारीहरु आवश्यक सबै सामाग्रीसहित पुगिसकेका छन्,’ उनले भने ।

कञ्चनपुरमा ३ लाख २ हजार ५ सय ९ मतदाता छन् । त्यसमा निर्वाचन क्षेत्र नं. १ मा ९१ हजार १ सय १०, निर्वाचन क्षेत्र नं. २ मा १ लाख ५ हजार ५ सय ७७ र ३ मा ९७ हजार ८ सय २२ मतदाता छन् ।

कञ्चनपुरमा १ सय ३२ मतदानस्थल र ३ सय ४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा ८ जनाका दरले २ हजार ७ सय ६८ कर्मचारी परिचालन गरिएका छन् । कारागारका कैदीबन्दी र कर्मचारीका दुई वटा अस्थायी मतदान केन्द्र राखिएका छन् ।

तस्बिर साभार : सन्तोस विष्ट÷फेसबुक

 

Himal dental
सम्बन्धित
Loading...