ghar sansar

कञ्चनपुर २ (१) मा माओवादीका भाट विजयी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ (क१) मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र) का ओमविक्रम भाट निर्वाचित भएका छन् ।

dirghayi clinic

निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मोहनीप्रसाद उपाध्यका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बच्चनबहादुर सिंहलाई ४७५ मतले हराउँदै भाट निर्वाचित भएका हुन् ।

,orning glory badhai

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका भाटले १० हजार ९२५ मत ल्याएका छन् । सिंहले १० हजार ४५० मत ल्याएका छन् । निर्वाचन क्षेत्र नं २(१) मा ५४ हजार ६८८ मतदाता रहेकोमा ३३ हजार ८१० मत खसेको थियो । सो प्रदेश निर्वाचन क्षेत्रबाट नौजना उम्मेदवार चुनावी मैदानमा थिए ।

पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्तिकी गीता चौधरीले पाँच हजार १५२, राप्रपाका चन्द्रकान्त भण्डारीले तीन हजार ५७, लोकतान्त्रिक समाजवादीका जगन्नाथ केसीले ३३३, हाम्रो नेपाली पार्टीका राजुराम साकीले ४९९, नेपाल मजदुर किसान पार्टीका भरत रावलले ८३, स्वतन्त्र गिरीराज पाण्डेयले ६२५ र एमालेकै बागी टेकबहादुर हमालले ४६५ मत ल्याएका छन् ।

Himal dental
सम्बन्धित
Loading...