ghar sansar

सरकारले आइजिपीबाट हटाउने निर्णय विरूद्ध सर्वोच्च पुगे कार्की

khasi

महेन्द्रनगर । आइजिपीबाट हटाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । दानबहादुर कार्कीले वारेस मार्फत् रिट दिएका हुन् । उनले आइजिपीमा पुनर्बहाली माग गरेका छन् ।

dirghayi clinic

अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार सर्वोच्चमा रिट पठाइएको हो । सर्वोच्च अदालतले रिट अध्ययन गरिरहेको छ। दर्ता भइसकेको छैन । ’रिट पठाइसकेका छौं। सर्वोच्चले अध्ययन गरिरहेको होला,’ कुँवरले भने ।

सरकारले कार्कीलाई आइजीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।

सोनिर्णय विरूद्ध र आफूलाई आइजीको रूपमा पुनर्बहाली गर्न माग गर्दै रिट दिइएको हो। 

Himal dental
सम्बन्धित
Loading...