

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिवान सिंह विष्ट विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतरिणमअनुसार विष्ट आठ हजार ५ सय २० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का पल्लवराज भट्टले सात हजार ६०३ मत ल्याएका छन्। विष्टले भट्टभन्दा ९ सय १७ मतको अन्तरले विजयी भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार ५०२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरीले ३६५,नेपाल मजदुर किसान पार्टीका हर्क बहादुर क्षेत्रीले ७८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका धिरज बिक्रम सिंहले एक हजार ४ सय ३५ मत ल्याएको छ ।
यसैगरी, स्वतन्त्र टेक बहादुर साउदले ५ हजार ७ सय १३ र स्वतन्त्र नेत्रला चौधरीले ९ सय २६ मत ल्याएको छ। निर्वाचन अकिृत कृष्णप्रसाद नेपालका अनुसार प्रदेश सभा तर्फको सो निर्वाचन क्षेत्रमा ४९ हजार ४ सय ५९ मतदाता रहेकोमा जस मध्ये ३१ हजार ६ सय ४२ मत खसेका थिए। खसेका मत मध्ये १ हजार ५ सय मत बदर भएका छन् ।
