ghar sansar

कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा तीन कम्युनिष्टका एक÷एक जना निर्वाचित

khasi

महेन्द्रनगर । कञ्चनपुरमा प्रदेश सभामा तीन कम्युनिष्ट पार्टीका तीनजना उम्मेदवार मात्रै विजयी भएका छन् । तीन कम्युनिष्ट (एमाले, माके र एकीकृत समाजवादी)ले प्रदेशसभा सदस्यमा एक÷एक सीट जितेका छन् ।

सत्ता गठबन्धन बाहिर राखिएर पनि समाजवादीले मित्रवत् प्रतिस्पर्धा गरी प्रदेशसभा सदस्य जितेको छ । एमालेले जिल्लाका प्रदेशसभाका ६ वटै सिटमा प्रतिस्पर्धा गरे पनि निर्वाचन क्षेत्र नं १(क) बाट मात्रै वीरबहादुर थापा (पातल) विजयी भए। त्यस निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का तारा लामा तामाङले बाजी मारेका छन्। तामाङले नेकपा (माओवादी केन्द्र)की विना मगरलाई पराजित गरेका हुन् ।

माओवादी प्रतिनिधिसभा सदस्य सहित तीन क्षेत्रमा चुनाव लडेका थियो। त्यसमध्ये प्रतिनिधिसभा र प्रदेशसभाको एक क्षेत्रमा हार व्यहोरेर माओवादी केन्द्र प्रदेशसभाको एक सिटमा चित्त बुझाउन बाध्य भयो। कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (क)बाट माकेका ओमविक्रम भाट सरल निर्वाचित भए ।

dirghayi clinic

त्यसबाहेक प्रतिनिधिसभा सदस्यमा विना मगर र प्रदेशसभा सदस्यमा टेकेन्द्रप्रसाद भट्ट पराजित भएका छन्। कञ्चनपुर ३ (क) मा माकेका भट्ट समाजवादीका प्रकाश रावलसित पराजित भए ।

सत्ता गठबन्धनमा भागबण्डा सहमति नजुटेपछि ३ (क)मा रावल चुनाव लडेका थिए। भट्ट काँग्रेसको सहयोग लिएर चुनावी मैदानमा होमिएका थिए। काँग्रेस माओवादी दुबैको गठबन्धनलाई पराजित गरी रावल निर्वाचित भएका छन् ।

उनी अघिल्लो निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्य भएका थिए । एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा गएका थिए। रावल सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री हुन् ।

सत्ता गठबन्धनमा काँग्रेस एक प्रदेशसभा क्षेत्रमा पराजित भएको छ । कञ्चनपुर १ (क)मा काँग्रेसका बन्धु राना पराजित भएका छन्। रानालाई एमालेका वीरबहादुर थापाले पराजित गरेका छन् ।

नेपाली काँग्रेस प्रतिनिधिसभाका दुई क्षेत्र सहित प्रदेशसभाका तीन निर्वाचन क्षेत्रमा विजयी भएको छ ।

Himal dental
सम्बन्धित
Loading...