ghar sansar

बेदकोटमा सहकारीलाई छाडा चौपाया व्यवस्थापन जिम्मा दिएपछि बल्झियो विवाद

सहकारीले टहरा बनाउन सुरु नगर्दै बैतोडामा फाल्यो पराल

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाले छाडा पशु चौपायाका कर्मचारी र चारो व्यवस्थापनका लागि बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना आव्हान गरेपछि सहकारीले प्रस्तावना पेश गरी जिम्मा लिएको हो । यसका लागि नगरपालिका र सहकारीबीच सम्झौता भई सकेको छ ।

छाडा चौपाया व्यवस्थापनको जिम्मा पाएको सहकारीका अहिले मन्जु सिह अध्यक्ष छन् । उनी प्रतिनिधि सभा र प्रदेश चुनाव प्रचारका क्रममा एमाले छाडेर काँग्रेस प्रवेश गरेकी थिइन् । सिह अघि बेदकोटका उप मेयर तुलसी जोशी आफैं सहकारीको अध्यक्ष थिइन् ।

,orning glory badhai

स्थानीय तह निर्वाचनमा निर्वाचित भएपपछि बेदकोटमा उप मेयर जोशीको नेतृत्वमा छाडा चौपाया व्यवस्थापनका लागि कार्यदल गठन गरिएको थियो । उप मेयर नेतृत्वको कार्यदलले अध्ययनपछि बैतोडास्थित बालज्योति माध्यमिक विद्यालयमा १२ विगाहा जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको छ । त्यस अनुसार सहकारीले बैतोडामा छाडा चौपायाका लागि पराल किनेर राखि सकेको छ । सहकारीले आफ्नै खर्चमा पराल किनेर राखेको दावी गरेको छ ।

छाडा चौपायाका लागि पराल बाहेक अन्य सबै संरचना भने बनाउन बाँकी छन् । स्थानीय चुनावपछि ८ महिनासम्म चौपाया व्यवस्थापन हुन नसकेपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आइतबार छाडा चौपाया नगरपालिकाभित्र हुलि दिएका छन् ।

बाल ज्योति मावि नजिक बैतडा १२ बिगाहा जमिन भाडामा लिएपछि भुूमि पूजन गरिएको छ । विद्यालयलाई सहयोग गर्ने शर्तमा जमिन भाडामा लिइएको हो । विद्यालयले सरकारी जमिन भोगचलन गरी अहिले नगरपालिकालाई सहयोग दिने शर्तमा भाडामा दिएको हो ।

dirghayi clinic

बेदकोटका उप मेयर जोशीले दिगो व्यवस्थापनमा लागेको उल्लेख गर्दै भौतिक संरचना बनाउन लागि केही समय लाग्ने बताइन् । उप मेयर जोशीले ८ महिनामा विस्तृत योजना तयार गर्ने, कार्यदल निर्माण गर्ने, मस्यौदा समिति निर्माण लगायतका काम गरिएको दाबी गरेकी छन् ।

सुडास्थित चुनेपानीमा छाडा पशु चौपाया लैजाने क्रममा शनिबार साँझ स्थानीयले ढुङ्गामुढा प्रहार गरेपछि आइतबार चौापाया लिएर स्थानीय नगरपालिका कार्यालय पुगेका छन् । स्थानीयको ढुङ्गा प्रहारमा चार जना घाइते भएका छन् ।

बेदकोटका मेयर भोजराज बोहराले स्थानीयले समस्या राखेपछि तत्काल अर्को व्यवस्था नभएसम्मका लागि छाडा चौपाया चुनेपानी लगिएको बताए । ‘किसानलाई एकदम समस्या छ, बालीनाली जोगाउने कुरा छ, नगरपालिका पनि आफ्नो हिसाबले लागि रहेको छ’ उनले भने,‘अस्ति सबै किसान आएपछि तत्काल अर्को व्यवस्था नभएसम्म त्यहाँ चुनेपानी पठाएका हौ, अवरोध गरी फिर्ता गरिएको छ ।’

बैतोडामा व्यवस्थापनका लागि संरचना निर्माण हुन नसकेकाले तत्काल राख्न नसकिएको मेयर बोहराले बताए । स्थानीयले छाडा पशु चौपाया कार्यालयमा लगेपछि आइतबार मेयर बोहरा बैठक गरेका छन् । उनले आज पनि सर्वदलीय बैठक बोलाएका छन् ।

बेदकोट नगरपालिकाका प्रशासकीय अधिकृत पदमराज भट्टले नगरपालिकाको सार्वजनिक सूचना अनुसार सहकारीले जनशक्ति र चारो व्यवस्थापनको जिम्मा लिएको बताए ।

‘नगरपालिकाबाट सूचना निकालिएको थियो, त्यस अनुसार सहकारीको एउटा मात्रै प्रस्तावना आयो, त्यसैका आधारमा अघि बढेका छौ ।’

बेदकोटमा नगर सभाबाट छाडा पशु चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...