ghar sansar

पुनर्वासमा तरकारी र फलफूल व्यवसायीलाई ठेला सहयोग

little buddha academy
khasi

महेन्द्रनर । पुनर्वास नगरपालिकामा तरकारी र फलफूल व्यवसायीलाई ठेला वितरण गरिएका छन् । पुनर्वास नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को साझेदारीमा स्वीट नेपालले सञ्चालन गरेको एकीकृत जीविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत सहयोग गरिएको छ ।

पुनर्वास नगरपालिकाका उप मेयर भुलिया रानाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी १० जनालाई ठेला सहयोग गरिएको छ । उनीहरु सबै जना परियोजना सञ्चालन भएका वडाबाट छनौट गरिएका हुन् । उनीहरुमा कमजोर आर्थिक अवस्था भएका आदिवाी, जनजाति,दलित, एकल महिला र अपांगता भएका व्यक्ति छन् । ठेलासंगै उनीहरुलाई ईलेक्टिक तराजु, समान राख्ने भाँडा पनि सहयोग गरिएका छन् ।

,orning glory badhai

कार्यक्रमका प्रमुख अतिथित उप मेयर राना सहित युएनडीपीका सुदूरपश्चिम प्रदेश प्रमुख बैजन्ती गिरी, पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र लामा, प्रमुख प्रशासकीय अधिकृत गणेश सिह ऐरी लगायतले सहयोग हस्तान्तरण गरे ।

स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि उप मेयर रानाले ठेलाले आर्थिक व्यापार बढाउन सहयोग पुग्ने बताइन् । ‘यो ठेला लगायतका समानले पक्कै पनि तपाईहरुको व्यापार व्यवसाय बढ्ने आशा राखेकी छु’ उनले भनिन्,‘यसको सदुपयोग गर्न होला ।’

dirghayi clinic

उप मेयर रानाले कृषि व्यवसायबाट वासिन्दालाई समृद्ध बनाउने सक्ने लक्ष्य राखेर नगरपालिकाले साझेदारीमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै उनले आगामी दिनमा अन्य वडामा पनि विस्तार गरिने बताइन् ।

परियोजना अन्र्तगत पुनर्वास नगरपालिकामा तरकारी खेती र व्यवसाय प्रवद्र्धनका कार्यक्रम सञ्चालन भएका छन् ।
युएनडीपीका सूदूरपश्चिम प्रमुख गिरीले किसानको आर्थिक अवस्था सुधार ल्याउने मात्रै आफूहरुको लक्ष्य भएको उल्लेख गर्दै जीवन स्तरमा सुधार आउने आशा व्यक्त गरिन् ।

पुनर्वास नगरपालिका १ की सोमती रानाले ठेला पाएपछि व्यवसाय बढाउने सोच भएको बताइन् । शारीरिक अपाङ्गता भएकी रानाले अहिले गाउँमा नास्ता पसल खोलेकी छन् । उनकी श्रीमान पनि अपाङ्गता भएका व्यक्ति हुन् । उनीहरु दुबै जना ठेला लिन गएका छन् ।

‘अहिले गाउँमा सानोतिनो व्यापार गरेकी छु, अब ठेला लगेपछि तरकारी, फलफूल लगायतको कारोबार पनि गर्छु’ उनले भनिन् ।

स्वीट नेपालका अध्यक्ष तिरुवाले किसानलाई कृषिबाट लाभ दिन परियोजना सञ्चालन गरिएको बताए । किसानलाई कषि उत्पादनका लागि बिऊ, प्रविधि, बजार व्यवस्थापन लगायतका सहयोग गरिएको उनको भनाई छ । उनले किसानलाई उद्यमी बनाउने लक्ष्य राखेर परियोजना सञ्चालन गरिएको बताए ।

स्वीट नेपालका परियोजना संयोजक अमित सुनारले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा पुनर्वास नगरपालिकाका कृषि शाखाका प्राविधिक सहित जनप्रतिनिधि, स्थानीय सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...