ghar sansar

बेदकोटले खाल्डोमा गाडिएका गाई गोरुको छानबिनका लागि बनाएको समितिमा बस्न चार दलद्वारा अस्वीकार

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाले खाल्डोमा पुरिएको अवस्थामा भेटिएका पशु चौपायाको मृत्यु सम्बन्धी छानबिनका लागि समिति बस्न चार दलले अस्वीकार गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रंपाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी समितिमा बस्न अस्वीकार गरेका हुन् ।

dirghayi clinic

चार दलले बुधबार नगरपालिका कार्यांलयमा बसेको सर्बदलीय बैठक पनि बहिस्कार गरी बाहिरिएका थिए । सर्बदलीय बैठकबाट बेदकोट नगरपालिकाका पशु विकास शाखा प्रमुख तर्कराज भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । बेदकोटमा छाडा पशु चौपाया व्यवस्थापनका लागि आन्दोलनका क्रममा चुरे क्षेत्रमा केही गाई गोरु खाल्डोमा गाडिएको अवस्थामा भेटिका हुन् ।

,orning glory badhai

क्रान्तिकारी माओवादीका नगर इन्चार्ज विजय, नेकपा बहुमत नगर इन्चार्ज मनिस, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति डम्बर भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा छानबिन समितिमा छानबिन समितिमा आफूहरुको कुनै सहभागिता नरहेको घोषणा गर्दै थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...