ghar sansar

अझै भेटिएनन् महाकालीमा वेपत्ता सशस्त्र प्रहरीका असई सागर राज थारु, खोजी कार्य जारी

khasi

महेन्द्रनगर । महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका सहायक निरीक्षक(असई) सागरराज थारु अझै भेटिएका छैनन् ।

नेपाल टेलिकमको अप्टिकल फाइबर लाइनका तार तान्ने क्रममा थारु तीन दिन अघि नदीमा वेपत्ता भएका थिए । असई थारु वेपत्ता भएपछि गोताखोरको टोलीले खोजी सुरु गरेको हो ।

उनी अझैसम्म भेटिन नसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

असोज दोस्रो साता झोलुङ्गे पुल चुँडिएपछि अवरुद्ध दोधारा चाँदनीको टेलिफोन र इन्टरनेट सेवा सञ्चालनका लागि टेलिकमले सशस्त्र प्रहरीको सहयोगमा क्षतिग्रस्त झोलुङ्गेबाट तार तान्ने कार्य गरेको थियो ।

dirghayi clinic

झोलुङ्गे पुलको क्षतिग्रस्त स्थानमा थारु सहित टेलिकम कर्मचारी सवार रबर बोट अनियन्त्रित भएपछि उनीहरु नदीमा खसेका थिए । त्यस क्रममा थारु नदीमा बेपत्ता भएका हुन् ।

रबर बोटमा थारु सहित सशस्त्र प्रहरीका ६ जना र टेलिकमका एक कर्मचारी सवार थिए ।

सशस्त्र प्रहरीले थारु वेपत्ता भएपछि खोजी कार्य जारी राखेको छ । २५ वर्षिय थारु सशस्त्र प्रहरीको देबीस्थानस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा कार्यरत थिए ।

झोलुङ्गे पुलमा क्षति पुगेर तारहरू चुँडिएपछि दोधारा चाँदनीमा विभिन्न सञ्चार सेवा अवरुद्ध भएको थियो ।

निजी सेवा प्रदायक कम्पनीहरूले महाकाली नदीमाथिको चार लेनको पुलबाट तार तानेर सेवा सञ्चालन गरेका थिए। नेपाल टेलिकमले पनि चार लेनको पुलबाटै लाइन विस्तार गरी सेवा सुचारु गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...