ghar sansar

विद्युतीय पोलको पीरले पिरोलिएका छन् निम्बुखेडाका भट्ट परिवार, दुई वषदेखि हटाउन सरकारी अड्डामा हारगुहार

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जनज्योति टोल ख का एक परिवार घर नजिक गाडिएको विद्युतीय पोलका कारण त्रासमा परेका छन् । घर नजिक गाडिएको पोल बाँगो भएर ढल्ने आशंकामा स्थानीय लक्षणदत्त भट्टको परिवार त्रासमा छ ।

भट्ट परिवारले पोल हटाउन विद्युतीय प्राधिकरण, भीमदत्त नगरपालिका र वडा कार्यालय सबैतिर धाइ सकेका छन् । भट्ट परिवार टोलमा जाने सरकारी कर्मचारीलाई आफ्नो गुनासो सुनाउँदा हैरान भइ सकेका छन् ।

‘यो पोल हाल्ने बित्तिक्कै यसरी बाँगो भएको हो, हामीले त यता नहाल्नु भनेको हो, जबरजस्ती हालेर गए’ भट्ट पत्नि देबकीले भनिन्,‘कुन दिन ढलेर घर बर्बाद पार्छ भनेर रात दिन चिन्ता छ, हटाई दिनु भन्दा कसैले पनि सुन्दैनन् ।’

बाँगो पोल नजिक यस अघि गाडिएको पोल भट्टको घरमा खसेको थियो । पोल खसेर घरमा क्षति पुगेको छ । भट्ट परिवारले अझै क्षतिपूर्ति पाएका छैनन् ।

dirghayi clinic

खसेको पोल अहिले पनि त्यहीं छ । अघिल्लो पोल खसेर क्षति व्यहोरेका भट्ट परिवारलाई नगाड्न आग्रह गर्दा पनि विद्युतले उनीहरुको कुरा नसुनेर जबरजस्ती गाडि दिएको थियो ।

पुरानो पोल ढलेको समयमा भट्ट परिवार हल्दुखालमा बस्ने गरेका थिए । अहिले उनीहरु निम्बुखेडामा आएका छन् । पुरानो पोल गढलेपछि उनीहरुले नयाँ पोल सडक पारीपट्टि गाड्न आग्रह गरेका थिए ।

जनज्योति टोलमा सडकका दुबै क्षेत्रमा पोल गाडेर विद्युत लाइन विस्तार गरिएको छ । सडक उत्तरका जग्गाधनीले पोल गाड्न सहमति दिए पछि जबरजस्ती रुपमा घर नजिक पोल गाडिएको हो ।

जनज्योति टोलमा सोमबार धर्ना बसेका वडा अध्यक्ष रविन्द्र देबकोटासित छलफल गर्न गएका भीमदत्त नगरपालिकाका प्रमुख याम नारायण गौलीलाई पनि भट्ट परिवारले आफ्नो पीडा सुनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत गौलीलाई घरमा लगेर उनीहरुले निरीक्षण समेत गराएका छन् ।

‘रात दिन डर छ, कसैले त सन्छ भनेर हार गुहार गरि रहेका छौ’ स्थानीय भट्टले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...