ghar sansar

गृहमन्त्री लामिछानेलाई निर्मला पन्तको हत्या अनुसन्धान सम्बन्धी आईजीपीको ब्रिफिङ

little buddha academy
khasi

महेन्द्रनगर । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्तबारेको अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ब्रिफिङ गरेका छन् ।

शुक्रबार नक्साल पुगेका गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक सिंह, अतिरिक्त महानिरीक्षक, नायव निरीक्षक सहितको टोलीले पन्तको घटना सम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेका हुन् ।

,orning glory badhai
dirghayi clinic

गृहमन्त्री लामिछानेले निर्मलालाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय यसअघि नै गरिसकेका छन्। गृहमन्त्री भएपछि लामिछानेले पुस ११ गते निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने निर्णय लिएका थिए। 

गृहमन्त्रालयमा सोमबार साँझ शपथग्रहण गर्दै निर्मलाको न्यायका लागि थप पहल गर्ने पहिलो निर्णय उनले गरेका थिए ।

’निर्मला पन्तको केस के भइरहेको छ? त्यसमा न्यायका लागि अधिकतम् पहल गरौँ’, उनले गृहसचिव विनोद सिंहलाई निर्देशन दिँदै भनेका थिए, ’मेरो पहिलो निर्णय नै निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने भन्ने भएको छ ।’

गृह मन्त्री लामिछाने पत्रकार हुँदा पन्तको घरमा पुगेर उक्त मुद्दा उठाएका थिए । अहिलेसम्म पन्तको हत्या प्रकरणका दोषी पक्राउ परेका छैनन् ।

 

Himal dental
सम्बन्धित
Loading...