ghar sansar

एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावल भन्छन्– विकासका लागि सबैको सहकार्य आवश्यक

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठकलाई पहिलो पटक सम्बोधन गर्दै नेता रावलले सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण भए पनि सहकार्यको संस्कृति नहुँदा विकासमा पछाडि परेको उल्लेख गरे ।

‘भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिपूर्ण रहेको हाम्रो प्रदेश आफैमा अपि नाम्पा, सैपाल, जेठी बहुरानी हिमालको ताजले सुशोभित छ,’ उनले भने, ‘यो प्रदेश देवभूमिका रुपमा विद्यमान छ, जैविक विविधताले भरिपूर्ण सुदूरपश्चिम विकासको पर्खाइमा बसेको छ ।’

,orning glory badhai
dirghayi clinic

सम्भावना धेरै भएपनि सहकार्य नहुँदा आफूहरु अझै पछौटे जीवन निर्वाह गर्न बाध्य रहेको उनको भनाई थियो । ‘अझै हामी पछौटे जीवन निर्वाह गर्दैछौं । कारण एउटै छ, हामीबीच सहकार्यको संस्कृत छैन,’ उनले भने, ‘हामी विकास गर्ने होइन्, खाने बनेका छौं, हामीले आउने पुस्तालाई पत्याउन सकेका छैनौं ।’

विगतको संसदले दीर्घकालीन योजना दिन नसकेको उनको भनाइ थियो । ‘हामीले दीर्घकालीन योजना पनि दिन सकेका छैनौं, पहिलो पटक सदन बन्दा ५०÷१०० वर्षे योजना बन्ने विश्वास थियो,’ उनले भने, ‘त्यसै नीति अनुसार सुदूरपश्चिम अगाडि बढ्ने विश्वास थियो तर त्यो पूरा हुन सकेन।  हामीले पाँच वर्षका लागि मात्रै योजना पायौं ।’

नेकपा एमालेका पोलिटव्युरो सदस्य र सुदूरपश्चिमका सह–इन्चार्जसमेत रहेका पाका नेता रावललाई केही दिन अघि पार्टी बैठकले संसदीय दलको नेतामा चयन गरेको थियो ।

२०५४ सालमा तत्कालिन कञ्चनपुर जिल्ला विकास समितिको उप सभापति भएपछि रावलले कुनै पनि राजकीय पदमा अवसर पाएका थिएनन्। यस पटक पार्टीले रावललाई समानुपातिक सांसद बनाउदै संसदीय नेतृत्वको जिम्मेवारी दिएको हो । उनी राजनीतिसँगै सुदूरपश्चिमको इतिहास लेखनमा पनि सक्रिय छन् ।

Himal dental
सम्बन्धित
Loading...