ghar sansar

समाजवादी अखिलको कञ्चनपुर संयोकजमा कुँवर

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका कञ्चनपुरको नेतृत्व प्रज्वल कुँवरले पाएका छन् । अनेरास्ववियू सुदूरपश्चिम प्रदेश कमिटीको बुधबार बसेको बैठकले कुँबरलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । कुँवर यस अघि अखिलको जिल्ला सह संयोजक थिए ।

जिल्ला संयोजकको जिम्मेवारी पाएपछि उनले आफूलाई दिइएको जिम्मेवारी विद्यार्थी हकहित र अधिकार प्राप्तिमा सक्रिय भएर पूरा गर्ने बताए । ‘संगठनले मलाई विश्वास गरी जिल्ला संयोजको जिम्मेवारी दिएको छ, यो जिम्मेवारी म मन, बचन कर्मले पूरा गर्नेछु’ उनले भने,‘यसले मलाई विद्यार्थी हक अधिकारका लागि सक्रिय हुने थप हौसला मिलेको छ ।’

,orning glory badhai
dirghayi clinic

जिल्ला संयोजक कुँबरले आगामी चैतमा हुने स्वविु निर्वाचनलाई मध्यनजर गरी सबै विद्यालयमा संगठन विस्तार अभियानलाई सक्रिय रुपमा अघि बढाइने पहिलो प्राथमिकता दिएर अघि बढ्ने बताए । त्रिभुवन विश्वविद्यालय मातहतका सबै क्याम्पसका चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिएको छ ।

‘स्ववियु निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्छु, त्यस बाहेक जिल्लाका शैक्षिक सुधारलाई प्राथमिकता दिएर अघि बढ्छौ’ उनले भने,‘त्यस बाहेक जनजीविकाका सवाल, राष्ट्र राष्ट्रियताका सवाल, सुशासन, सीमा अतिक्रमण, काला बजारी नियन्त्रण, लागु औषध रोकथामका लागि जनचेतना मुलक कार्यक्रम पनि अघि बढाउने सोच बनाएको छु ।’

कैलालीको धनगढीमा बसेको बैठकमा पार्टी र संगठनका केन्द्रीय स्तरीय नेता सहभागी भएका छन् । बैठकमा समाजवादी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कार्य वाहक अध्यक्ष पूर्व मन्त्री शेर बहादुर कुँवर प्रमुख अतिथि थिए । यसैगरी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री दीर्घ सोडारी र संगठनका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज हिरेन्द्र शाही विशिष्ठ अतिथि थिए ।

अखिलका प्रदेश कमिटी अध्यक्ष पुष्प लाल रोकायाको अध्यक्षतामा बसेको बैठकमा प्रद्येश कमिटीका पदाधिकारी सदस्य सहित केन्द्रीय सदस्य सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...