ghar sansar

पत्नि हत्या आरोपमा घरबाटै श्रीमान पक्राउ, कुटेर हत्या गरेको आरोप

little buddha academy
khasi

महेन्द्रनगर । कैलालीमा पत्नीको हत्या आरोपमा पति पक्राउ परेका छन्। कैलारी गाँउपालिका वडा नं ७ बस्ने ५४ वर्षीय प्रेम बिक हत्या आरोपमा पक्राउ परेका हुन् ।

dirghayi clinic

२०७७ असोज २६ गते आफ्नी पत्नी ५० वर्षीया बिरमा विकलाई आफ्नै घरको कोठामा कुटेर हत्या गरेको आरोपमा प्रेमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निलडाम हुने गरी कुटपिट गरि मृत्यु भएको घटनाको अनुसन्धानबाट प्रेमले कुटपिट गरी मारेको भन्ने खुल्न आएको थियो ।

,orning glory badhai

घटनापछि फरार भएका उनलाई खोजतलास गरी हिजो (शुक्रबार) कैलाली प्रहरीको टोलीले पक्राउ गरेको थियो। अहिले उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...