
सुदूरपश्चिम विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त, डा. भट्टलाई केन्द्रीय क्याम्पस प्रिन्सिपल जिम्मा, भाषा संस्कृति केन्द्र निर्देशमा दोहोरिए भट्ट

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा पाँच पदाधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयले गत महिना विभिन्न संकायका डीन, केन्द्रीय क्याम्पसका प्रिन्सिपल र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र र भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकका लागि खुला विज्ञापन आव्हान गरेको थियो ।
विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले पदाधिकारी सिफारिस समितिको सिफारिशका आधारमा नयाँ पदाधिकारी सहित नियुक्त गरेको हो । सरकारले अध्यादेश ल्याएपछि विश्वविद्यालय पदाधिकारी बिहीन भएको थियो ।
त्यसपछि विश्वविद्यालयका इन्जिनिरिङ्ग संकायका डीन प्रा.डा.किसनदत्त भट्टलाई उपकुलपति नियुक्त गरिएको थियो ।
त्यसपछि रजिष्ट्रार भएपछि अन्य रिक्त पदाधिकारी सहित पदपूर्ति प्रक्रिया अघि बढेको थियो ।

विश्वविद्यालय व्यवस्थापन संकाय डिनमा सह प्राध्यापक डा. शिवप्रसाद सापकोटा भएका छन् । सह प्राध्यापक डा. नाथुराम चौधरी शिक्षा शास्त्र संकाय डिन नियुक्त भएका छन् ।
विज्ञान तथा प्रविधि संकायमा सह प्राध्यापक डा. प्रेमसिंह साउद, स्वास्थ्य विज्ञानमा सह प्राध्यापक डा. डबल बहादुर धामी र मानविकी तथा सामाजिक शास्त्र संकाय डिनमा प्राध्यापक डा. राजेन्द्र प्रसाद भट्ट नियुक्त भएका छन् ।
विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सह प्राध्यापक डा. महेन्द्रराज जोशी र भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्राध्यापक डा. हरिशचन्द्र भट्ट नियुक्त भएका छन् । जोशी निर्देशकमा दोहोरिएका हुन् ।
