ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघले मनायो स्थापना दिवस

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले आफ्नो ४० औं वार्षिकोत्सत्सव तथा दोस्रो स्थापना दिवस मनाएको छ । सो अवसरमा संघले संघको सभा कक्षमा औचिारिक कार्यक्रम र अनाथ बालबालिकालाई कपडा वितरण लगायतका कायृक्रम गरेको छ ।

संघले संघमा कार्यक्रमपछि महाकाली अञ्चल बाल अनाथालयका २६ जना बालबालिकालाई कपडा वितरण गरेको छ । उद्योग बाणिज्य संघ अध्यक्ष पिताम्बर जोशी लगायतका पदाधिकारी सहितको सहभागितामा कपडा वितरण गरिएको थियो। नीजि क्षेत्रको विकासका लागि उद्योग बाणिज्य संघको स्थापना भएको अध्यक्ष जोशीले बताए ।

,orning glory badhai
dirghayi clinic

‘विभिन्न कठिनाईहरु झेल्दै यो संस्था ४० वर्षमा पुगेछ,’ उनले भने, ‘यो संस्था स्थापना गर्ने अग्रजहरु प्रति सम्मान व्याक्त गर्दछु।’ नीजि क्षेत्रको विकासका लागि सबैं संगठित भएर अघि बढ्नु पर्ने आवश्यकता रहेको उनले बताए। ‘नीजि क्षेत्रका धेरै समस्या छन्, समस्या सामाधानका लागि सबै एकजुट हुनु जरुरी छ,’ उनले भने ।

बाणिज्य संघको सभा कक्षमा अध्यक्ष जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा संघका पूर्व अध्यक्ष ऋषिराम खरेल सहित निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्ल, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्ट लगायत संघका पदाधिकारी, सदस्य, उद्यमी व्यवसायी सहभागी भएका छन् ।

संघका सचिव राहुल भट्टले सञ्चालन गरेको कार्यक्रममा केक काटिएको छ ।

Himal dental
सम्बन्धित
Loading...