ghar sansar

सुडाको साना किसान सहकारी संस्थाले मनायो रजत जयन्ती

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाको सुडास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न भएको छ। सहकारीका अध्यक्ष बिरेन्द्र बहादुर शाहको सभापतित्व तथा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

dirghayi clinic

शुक्रवार नेपाल केन्द्रिय कृषि सहकारी संघका केन्द्रिय सदस्य धर्म सिंह कुवर तथा कृषि विकास बैंक महेन्द्रनगर शाखाका प्रबन्धक जगदीश पन्तको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष शाहले जानकारी दिए ।

,orning glory badhai

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुडा उप शाखाका सभापति शंकरदत्त जोशी, वेदकोट नगरपालिका–६ का वडा अध्यक्ष तुलसी राना, ७ का अध्यक्ष थानेश्वर भट्ट, ८ का अध्यक्ष महेशराज जोशी, ९ का अध्यक्ष जनक बिष्ट र वडा नम्बर १० का अध्यक्ष रतन सिंह बिष्ट लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...