ghar sansar

सुदूरपश्चिम सरकारका पूर्व मन्त्री थापा भन्छन्– छिटो बजेट ल्याऊ

khasi

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंहले थापाले छिटो बजेट ल्याउनु पर्ने बताएका छन् ।

काँग्रेस भीमदत्त नगर अधिवेशन उद्घाटनपछि काँग्रेस पार्टी कार्यालयमा पत्रकारहरुसित कुरा गर्दै पूर्व मन्त्री थापाले आफूले मुख्मन्त्री खगराज भट्टलाई भेटेर छिटो बजेट ल्याउन आग्रह गरेको बताए ।

बजेट नआएकाले प्रदेश सरकार मातहतका कर्मचारीले तलब खान नपाएको र देशभर राम्रो सन्देश प्रवाह नभएको भन्दै उनले प्रदेश सरकारले जसरी पनि बजेट ल्याउनु पर्ने बताएका हुन् ।

dirghayi clinic

पूर्व मन्त्री थापाले सर्बदलीय बैठकमा आफूले बजेट छिटो ल्याउन सुझाव दिएको र प्रतिपक्षी दलको हैसियतमा काँग्रेस बजेट ढिलाईलाई लिएर चिन्तित भएको बताए ।

यसैबीच सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्टले आफ्नो दलको बैठक बोलाएर बजेटका विषयमा छलफल गरेका छन् ।

भदौभित्रै बजेट ल्याउन नसकिएको विषयमा नेकपाभित्र छलफल भएको बताइएको छ ।

सरकारका प्रवक्ता उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार मुख्यमन्त्रीले बजेट ल्याउन ढिलाइ हुनुका कारणबारे दलको बैठकमा ब्रिफिङ गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...